पूर्वका बाढी पहिरो प्रभावितलाई तत्काल राहत र उद्धार गर्न सरकारसँग सांसदहरुको माग

काठमाडाैं | असार ४, २०८०

पूर्वका बाढी पहिरो प्रभावितलाई तत्काल राहत र उद्धार गर्न सरकारसँग सांसदहरुको माग

काठमाडौँ:   प्रतिनिधिसभा सदस्य दीपक खड्का र योगेश भट्टराईले बर्खापछिको बाढी पहिरोले पूर्वी पहाडी जिल्लामा ठुलो जनधनको क्षति भएको भन्दै तत्काल राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । 

 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक खड्का र योगेश भट्टराईले सभामुखमार्फत राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

 

‘सङ्खुवासभामा बाढी पहिरोमा परि सुपरहेवामा काम गर्ने मजदुरहरू बेपत्ता भएका छन् । तीन जना घाइते र एक मृत भेटिएका छन्’, खड्काले भने, ‘यसबाहेक विभिन्न ठाउँमा मानिस हराइरहेको सूचना छ । खरबौँको क्षति भएको छ ।’ उनले क्षतिग्रस्त जिल्लाहरूमा तत्काल उद्धार र राहत पुर्याउन सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

 

एमाले सांसद योगेश भट्टराईले केही दिन देखिको अविरल बर्षाले पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम सङ्खुवासभा र पाँचथर लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको बताए । उनले ताप्लेजुङमा ५ जना बेपत्ता भएको भन्दै कति मानिसहरू घर छोडेर बस्न बाध्य भएको, कतिपय घर र विद्यालय भवन जोखिममा परेको ,दोभान बजारका दुई दर्जन घर जोखिममा परेको तथा मेची राजमार्गको पुवा खोलाको पुल अवरुद्ध भएको भन्दै सरकारलाई तत्काल राहत र उद्धारमा ध्यान पुर्याउन माग गरे । 

 

त्यस्तै अर्का सांसद रामकुमार राईले पनि बाढी पहिरोले पूर्वी पहाडी सङ्खुवासभा लगायतका जिल्लामा भएको ठुलो जनधनको क्षति भएको भन्दै अहिलेसम्म १७ जना बेपत्ता, नौ जनाको मृत्यु भएको खबर आएको भन्दै बेपत्ताहरूको खोजविन गर्न सरकारसँग माग गरे । उनले जलविद्युत, सिँचाइ लगायतका भौतिक संरचनामा ठुलो क्षति भएको भन्दै प्रभावित स्थानका जनतालाई राहत र उद्धार गर्न सरकारसँग माग गरे । 

 

अर्का सांसद अशोककुमार चौधरीले पूर्वी पहाडी जिल्लामा विपतको अवस्था आएको भन्दै बाढीले हेवा खोलाको पक्कीसहित ५ पुल बगाएको, ताप्लेजुङसँगमा विद्युत् आपूर्ति बन्द भएको, पाँचथरमा बेपत्ता भएकाहरूको खोजी कार्य गर्न सरकारसँग माग गरे ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्