पिकनिक खान गएका युवाको डुबेर मृत्यु
बुटवल | असार ३, २०८०
बुटवल: पाल्पाको दोभान खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका(११ सिर्जननगरका ३४ वर्षीय लोकप्रसाद रजालीको पाल्पाको तिनाउ गाउँपालिका(२ खुर्सानेस्थित दोभान खोलामा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाका अनुसार शनिबार दिउँसो साथीहरुसँगै पिकनिक खान गएका रजालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पिकनिक सकिएपश्चात घर फर्किने क्रममा लोकप्रसादलाई साथमा नदेखेपछि खोजतलास गर्ने क्रममा पिकनिक खाएको स्थानदेखि अन्दाजी सय मिटर माथि खोलामा पानीभित्र डुबेको अवस्थामा फेला पारेका थिए ।
उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
पोखरा । भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् । ...
पोखरा। सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयो...
पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटन...

