स्याङ्जामा १० वर्षीय बालकको हत्या

स्याङ्जा | असार २, २०८०

स्याङ्जामा १० वर्षीय बालकको हत्या सांकेतिक तस्वीर

स्याङ्जा:     अर्जुनचौपारी गाउँपालिका ६ सिउडबारीमा धारिलो हतियार प्रहार गरी १० वर्षीय बालकको हत्या भएको छ ।


स्थानीय हर्षित देवकोटाको धारिलो हतियार (हँसिया) प्रहार गरी शुक्रवार साँझ हत्या भएको हो । गर्धन र कन्चटमा प्रहार गरी हत्या गरेका बालक (देवकोटा)को शव घरदेखि टाढा खर बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले बताए । 
 

हत्या भएका देबकोटाको बुवा रोजगारीको लागि वैदेशिक रोजगारमा रहेको बताइएको छ । हत्या भएका बालक परिवारको एक मात्र छोरा थिए । स्कुलबाट आएका हर्षित बेपत्ता भएपछि खोजी गर्ने क्रममा  हत्या भएको खुलेको थियो । 


प्रहरीले बालकको हत्याको आरोपमा सोही ठाउँ बस्ने २२ वर्षीय सुजन चुवाई (सुवेदी) लाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्