पोखरामा नक्कली सुन देखाएर ठगी गरेको आरोपमा दुईजना प्रकाउ
पाेखरा | असार १, २०८०
पोखरा: नक्कली सुन देखाएर ठगी गरेको आरोपमा पोखरामा दुई युवा प्रकाउ परेका छन् ।
गएको जेठ ५ गते पोखरा महानगरपालिका १० स्थित अमरसिंहचोकबाट विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाएर सक्कली सुन र नगद चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई युवालाई आज प्रकाउ गरेको हो ।
नक्कली सुन देखाएर ठगी गरेर फरार भएका सिन्धुली घर भएका ४४ वर्षीय बिमल तामा र मकवानपुर हेटौडा उपमहानगरपालिका २ बस्ने ४१ वर्षीय सन्तोष मगरलाई पोखरा २६ अघौंचोकमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा प्रकाउ गरेको हो ।

प्रकाउ परेका दुई युवाको साथबाट सुन जस्तो देखिने ९९९९ १०० लेखिएको पहेंलो धातु ३ थान, विभिन्न कम्पनीका मोबाईल ३ थान र ५ हजार ४ सय ३५ रुपैयाँसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका दुवैजनालाई ठगी,अपराधिक विश्वास घात तथा अपराधिक लाभ (एक्सटर्सन)सम्बन्धि मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

