गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सम्पन्न, पोखराको सैनिक आवासीय महाविद्यालय प्रथम

पाेखरा | असार १, २०८०

गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सम्पन्न, पोखराको सैनिक आवासीय महाविद्यालय प्रथम

पोखरा: गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सम्पन्न भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सह—आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा २ दिनसम्म चलेको फेस्टिभल सम्पन्न भएको हो ।

 

उक्त फेस्टिभलमा पोखराको सैनिक आवासीय महाविद्यालय प्रथम भएको छ । सैनिक आवासीय महाविद्यालयको प्रोजेक्ट प्रथम भएको हो । यस्तै, पोखराको सृजना सेकेन्डरी स्कुल दोस्रो र गण्डकी बोर्डिङ स्कुल तेस्रो भए । सान्त्वना हुनेमा जनज्योति माध्यमिक विद्यालय तनहुँ, नमुना आवासीय माध्यमिक विद्यालय पर्वत, शिशु निकेतन सेकेन्डरी स्कुल र कालिका माध्यमिक विद्यालय पोखरा छन् ।

 

उनीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री माननीय सुशीला सिंखडाले पुरस्कार वितरण गरिन् । प्रथम, दोस्रो र तेस्रो हुने  विद्यालयहरूले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने अवसर पाउने छन् । यसैबीच, सो—अवसरमा राजकुमार ढकाललाई ‘उत्कृष्ट विज्ञान शिक्षक २०७९’ को रुपमा सम्मान तथा पुरस्कृत गरिएको छ । विज्ञान शिक्षक समाज नेपाल र नेपाल बौद्धिक समुदायले गण्डकी बोर्डिङका विज्ञान शिक्षक राजकुमार ढकाललाई उक्त सम्मान प्रदान गरेको हो । स्याङ्जाका ढकाल विज्ञान शिक्षक समाज गण्डकी प्रदेश संयोजक समेत हुन् । फेस्टिभलमा विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै विद्यार्थीले बनाएका प्रोजेक्टको ५० स्टल राखिएका थिए ।

 

पोखरामा आयोजित फेस्टिभलले शैक्षिक गुणस्तरियतामा प्रभावकारी कदम चाल्ने विश्वास मन्त्री सिंखडाको छ । उनले गण्डकी प्रदेशका लागि नौलो कार्यक्रम भएकाले यसको निरन्तरताको आवश्यकतालाई औंल्याएकी छिन् । सरकारले नै यस्ता कार्यक्रमको आयोजना गर्नुपर्नेमा नीजि क्षेत्रबाट भएका कार्यक्रमलाई प्रोत्साहित गर्नुपर्ने भनाई उनको छ ।


फेस्टिभलमा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अहिलेको युग विज्ञान प्रविधिको युग भएकाले सरकारको नीति तथा कार्यक्रम समेत प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । उनले पोखरा महानगरपालिका पनि डिजिटल महानगरका रुपमा अगाडि बढेको जानकारी गराए ।

 

फेस्टिभलका संयोजक हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आंतक बस्नेतले विद्यालयमा विज्ञान विषयको पढाईमा फरकपन आउनुपर्ने उल्लेख गरे । उनले घोकन्ते विद्याले मात्र विद्यार्थीको शैक्षिक स्तरमा सुधार नहुने हुँदा प्रयोगात्मक रुपमा नै अगाडि बढ्नुपर्ने बताए । सरकारको सहयोग अहिले सिमित रहेता पनि कालान्तरमा फेस्टिभलको महत्व सरकारी निकायमा अझ बढ्दै जाने विश्वास उनको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्