ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु
दैलेख | जेठ ३२, २०८०
दैलेख: दैलेखमा आज बिहीवार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
आज बिहीवार तल्लो डुङ्गेश्वरबाट दुल्लु जाँदै गरेको प्रदेश १ ०२ ००३ त २८२६ नम्बरको ट्र्याक्टर दुल्लु नगरपालिका–१ डाडापानीमा दुर्घटना हुँदा स्थानीय डिलमाया खड्काको ज्यान गएको हो ।
दुर्घटनामा तीन जना घाइते भएकामा डिलमायाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशोर लम्सालले जानकारी दिनुभयो ।
घाइते दुई जना जानुकुमारी खड्का र भरत शर्माको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

