जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
प्युठान | जेठ २९, २०८०
प्युठान: प्युठानमा जीप दुर्घटनामा परेका आठ जनाकै मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ नम्बरको जीप भिङ्ग्रीको भ्यागुतेमा दुर्घटनामा परेको हो।
दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जनाकै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बालक शिशिर खनालसहित तुलसीपुर-१५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास, गढवा गाउँपालिका ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय छोरा आदित्य शाह र जीप चालक लमही नगरपालिका-५ का ४९ वर्षीय तारा कुमाल छन्।
घोराहीका शिशिर सरिताका साथीको छोरा भएको प्रहरीले जानकारी दिएको छ। मृतक सबैको शव जिल्ला अस्पताल प्युठानमा राखिएको थापाले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

