कटन र उनीको धागोमा लगाइएको १५ प्रतिशत कर हटाउन निर्यात व्यवसायीको माग
काठमाडाैं | जेठ २९, २०८०

काठमाण्डौ: निर्यात व्यवसायी महासङ्घ नेपालले कटन र उनीको धागोमा लगाइएको कर हटाउन सरकारसँग माग गरेको छ ।
सोमवार आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा।प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै महासङ्घले निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो । व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ ।
महासङ्घका अध्यक्ष शंकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत कर घटाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले कच्चा पदार्थमा कर बढाउनु भनेको आयातलाई प्रोत्साहन गर्नु भएको बताउनु भयो।
उहाँले सरकारले विगतमा निर्यातजन्य उद्योगमा ५० प्रतिशतसम्म आयकरमा छुट दिएपछि १२ प्रतिशत कर तिर्नु पर्नेमा आउँदो आर्थिक वर्षदेखि कर वृद्धि हुँदा २० प्रतिशत पुगेको बताउनु भयो। उहाँले सरकारले विद्यमान करको व्यवस्थालाई कायम राख्न अर्थमन्त्रीसँग माग गरिएको बताउनु भयो।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...