कावासोती नगरपालिकाको ताला १० दिनपछि खुल्यो
नवलपुर | जेठ २९, २०८०
नवलपुर: नवलपुरको कावासोती नागरपालिकामा कक्षा ५ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने सहमतिपछि नगरपालिकामा लगाइएको ताला खुलेको छ । विभिन्न शैक्षिक माग राख्दै नेपाल विद्यार्थी सङ्घ कावासोतीले कावासोती नगरपालिकामा १० दिनदेखि ताला लगाइएको थियो ।
नेपाल विद्यार्थी सङ्घ र कावासोती नगरपालिकाको वार्ता टोलिबीच भएको वार्तामा आगामी आर्थिक वर्ष २०८०/८१ मा नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म कुनै प्रकारको शुल्क नलिने गरी कार्यक्रम र बजेट व्यवस्था गरिने तथा शैक्षिकसत्र २०८१ देखि लागू गर्नेगरी सहमति बनेको छ । सहमतिपछि ताला खोलिएको नेविसंघ नवलपुरका अध्यक्ष हरि सुवेदीले बताए ।
त्यसैगरी माध्यमिक तहसम्म अध्ययनरत गरिब तथा विपन्नजस्ता लक्षित वर्गलाई निःशुल्क शिक्षा प्रदान गर्न कार्यविधि बनाई यही शैक्षिक वर्षबाट कार्यान्वयन गरिने सहमति भएका नेविसंघ कावासोतीका नगर संयोजक कुमार क्षेत्रीले जानकारी दिए । नेविसंघ सङ्घ कावासोती नगरसमितिले १५ दिनदेखि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने माग गर्दै आन्दोलन गर्दैआएको थियो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

