पोखरामा सम्साँझै १० तोला सुनसहित डलर चोरी
पाेखरा | जेठ २८, २०८०
सांकेतिक तस्बिर
पोखरा: पोखरामा सम्साँझै सुनका गरगहनासहित नगद चोरी भएको छ ।
पोखरा महानगरपालिका ५ धारापानीस्थित दुइवटा घरबाट गत १८ गते सुनका गरगहना, डलरसहित करिब ५० हजार बढी नगद चोरी भएको हो ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक बेद जोशीका अनुसार जेठ १८ गते बेलुकी ६ बजेदेखि ८ बजेको समयमा चोरी भएको थियो ।
डिएसपी जोशीले शिब कुमारी गुरुङकोबाट औँठी, ब्रास्लेट, ४० हजार रुपैयाँ, आइप्याड र मोवाइल चोरी भएको बताए ।
उनका अनुसार अनिता गुरुङको कोठाबाट दुई तोलाको सुनका गरगहना र १३ हजार रुपैयाँ, रेखा गुरुङकोबाट औँठीहरु र यूएस डलर, यस्तै मनमाया गुरुङकोबाट नौगेडी माला, माइली तिलहरी र औँठी चोरी भएको थियो ।
डिएसपी जोशीले ४ वटाकोठाबाट करिब १० तोला सुन र ५० हजारबढी नगद चोरी भएको जानकारी दिए ।
उनले सो घटनामा संलग्न हुन सक्ने संभावित व्यक्तिहरुलाई निगरानीमा राखको बताए ।
‘यही गको १८ गते बेलुकी ६ बजेदेखि ८ बजे भित्र भएको घटना हो । घरधनीहरु त्यो समयमा पार्टीमा गएका रहेछन्, उनले सुनगाभा न्यूजसँग भने, ‘हामीले सुक्ष्म तरिबाले घटनाको अनुसन्धान गरिरहेका छौं । छिटै अपराधी समक्ष पुग्छौ ।’
उनले सो प्रकृतिको घटनामा संलग्न पहिलेका व्यक्तिहरुलाई निगरानीमा राखेको दोहोर्याए । ‘हामीले विभिन्न कोणबाट अप्रेशन थालेका छौं, डिएसपी जोशीले भने, ‘क्लु नजिक नजिकै छौ । संकास्पद व्यक्तिहरुलाई केरकार पनि गरिरहेका छौ ।’
चोरी भएको समयमा घरधनीहरु पार्टीमा गएको बताइएको छ ।
पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटन...
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष विष्णुु पुन...
पोखरा। गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

