बगर भाई खलक ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाँदै
पाेखरा | जेठ २४, २०८०
पोखरा: बगर भाई खलक ६० वर्ष माथीको ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाने भएको छ ।
मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यको देहरादुनमा यहि जेठ २६ देखि २९ गते सम्म आयोजना हुने ‘प्रथम राष्ट्रिय मास्र्टस स्पोर्टस २०२३’ अन्तर्गत हुने ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन त्यस तर्फ जान लागेको हो । भारततर्फ प्रस्थान गर्न लागेको टोलीलाई वडा प्रहरी कार्यालय बगरले एक कार्यक्रम गरी बिदाई गरेको छ ।
बिदाई कार्यक्रममा आफ्ना भनाई राख्दै पोखरा महानगर पालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले जितको शुभकामना दिंदै खेलकुद संगै सामाजिक अभियानमा सक्रिय भाई खलकले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेकोमा खुसी व्यक्त गर्दै प्रतियोगिताले पोखरालाई खेलकुद मार्फत परिचय गराउन सहयोग मिल्ने बताए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरिक्षक सालिकराम तिमिल्सिनाले भाई खलकले समाजमा सचेतना जगाउने संगै खेल अभियानमा सक्रियता पूर्वक अघि बढेकोमा खुसी व्यक्त गर्दै यसले सामाजिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए । आफू सक्रियपूर्वक खेलमा जोडिन नसके पनि पाको उमेरमा पनि खेलकुदलाई अभिन्न बनाउन सकिन्छ भन्ने कुरालाई उदाहरणको रुपमा भाई खलकले स्थापित गरेको छ ।”
सो अवसरमा सामाजसेवी तथा वडा प्रहरी कार्यालयका निर्माण तथा सम्भार समितिका अध्यक्ष पुरोषतम श्रेष्ठ, बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङ, महासचिव याम बहादुर गुरुङले आफ्ना भनाई राखेका थिए ।
पहिलो पटक ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन लागेको टोलीमा १५ जना रहेका छन् । टोलीमा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको जमघट छ । जसमा ६९ वर्षिय दिनेश कुमार श्रेष्ठ, ६९ वर्षिय केशव (आनन्द) रञ्जित, ६८ वर्षिय चिन बहादुर गुरुङ, ६६ वर्षिय दिल बहादुर गुरुङ, ६५ वर्षिय जसकाजी गुरुङ र राम बहादुर गुरुङ, ६२ वर्षिय कृष्ण बजिमय, अम्बर गुरुङ र रमेश कुमार श्रेष्ठ, ६१ वर्षिय लोक बहादुर गुरुङ, ६० वर्षिय युद्ध बहादुर गुरुङ, जुनकाजी गुरुङ, ओमकार गिरी, धन कुमार गुरुङ (सन्तोष) र शकिल गुरुङ रहेका छन् ।
टोली बुधबार बिहान भारतका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए । बिदाई कार्यक्रममा पोखरा महानगर वडा नं १ का अध्यक्ष प्रधानले खेलाडीहरुलाई मायाँको चिनो स्वरुप खेल पोशाका प्रदान गरेका थिए ।
बगर भाई खलकले तमु धिं युकेद्वारा हालै युकेमा सम्पन्न भेट्रान फुटबलमा समेत सहभागिता जनाएको थियो । ६० वर्ष माथीको फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक भारता जान लागेको हो । नेपालमा भेट्रान फुटबल आयोजना गर्ने श्रेय समेत भाई खलकलाई छ । ‘स्वास्थ्यका लागि एक घनटा व्ययाम, नागरिक हरुको लागि नौलो आयाम’ भन्ने नाराका साथ विगत १२ वर्ष देखि निरन्तर भेट्रान फुटबलको आयोजनाले नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चा बटुलेको छ ।
यसै विच भाई खलकले सञ्चालन गरेको ग्रासरुट लेभलका फुटबल प्रशिक्षक मनिष क्षेत्रीलाई उपचारका लागि नगद रु ५ हजार सहयोग गरेको छ । उनी विगत एक वर्ष देखि घुँडाको चोटका कारण समस्यामा रहेका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

