तराई मधेसमा अझै केही दिन तातो हावा र 'लुु' चल्ने सम्भावना
काठमाडाैं | जेठ २४, २०८०
तराई मधेसमा अझै केही दिन तातो हावा र ुलुु चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
तराई मधेसमा अधिकतम र न्यूनतम तापक्रम बढ्नुका साथै तातो हावासमेत चल्दा घर बाहिर निस्कनसमेत मुस्किल पर्न थालेको छ ।
सिमरा र जनकपुरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । अन्य धेरैजसो जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा छ ।
जनकपुर, विराटनगर र धरानको न्यूनतम तापक्रम नै २७ डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ । यस्तै, नेपालगञ्ज, भैरहवा र दाङको घोराहीको न्यूनतम तापक्रम २६ डिग्री सेल्सियसको हाराहारीमा छ।
अधिकतमसँगै न्यूनतम तापक्रम पनि बढेकाले तराई मधेसका जिल्लामा हपहप गर्मी छ । तराई मधेसमा अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मीबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।
मौसमविद् रोजन लामिछानेले एक दुई दिन अझै तातो हावा चल्ने अनुमान रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी जिल्लामा भने आज पनि बेलुकी पख हल्का पानी पर्ने सम्भावना छ ।
पहाडी क्षेत्रका एक दुई ठाउँमा बेलुकी पख मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

