पोखरा इन्टरनेटको फाइवर क्लिन अप शुरु

पाेखरा | जेठ २२, २०८०

पोखरा इन्टरनेटको फाइवर क्लिन अप शुरु

पोखरा: इन्टरनेट सेवा प्रदायक कम्पनी पोखरा इन्टरनेट प्रा.लिले फाइवर क्लिन अप कार्यक्रम सोमबारबाट शुरु गरेको छ ।

 

विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले पोखरा महानगरपालिका वडा ४ सगँको सहकार्यमा कार्यक्रम आयोजना गरेको  मार्केटिङ अफिसर आशुतोष सुनारले जानकारी दिए ।

 

फाइवर क्लिन अप कार्यक्रम वडा ४ को  कार्यलबाट पालिखे चोकसम्म गरिएको हो । पोलमा झुण्डिएका तथा लत्रिएका अव्यबस्थीत देखिएका तारहरुलाई ब्यवस्थीत गर्नको लागि  फाइवर क्लिन अप कार्यक्रम शुरु गरिएको पोखरा इन्टनेटका प्रा.लिका प्रमुख कार्यकारी अधिकृत बिजेश पालिखेले बताए ।

 

वडा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले अब्यवस्थीत तारहरु ब्यवस्थीत गर्न चुनौति रहेको बताए । उनले २ संस्थाबीच समन्वय र सहकार्य गर्दे अगाडि बढ्ने बताए ।

 

प्रा.लिका जनरल म्यानेजर बरदान लामाले कार्यक्रम प्रभावकारी भएको हुनाले आगामि दिनहरुमा निरन्तरता दिइने बताए । कार्यक्रममा फाइवर क्लिन अफ बिभागका १५ जना कर्मचारीको सहभागिता रहेको थियो । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्