स्याङ्जाको स्वरेकमा एम्वुलेन्स संचालन गर्ने संस्थाको अध्यक्षमा पराजुली

स्याङ्जा | जेठ २१, २०८०

स्याङ्जाको स्वरेकमा एम्वुलेन्स संचालन गर्ने संस्थाको अध्यक्षमा पराजुली

स्याङ्जा:  नमुना स्वरेक सहयोगी समाज स्याङ्जाको तेस्रो अधिवेशनले खिमानन्द पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

 

समाजको उपाध्यक्ष जगन्नाथ अर्याल,सचिव इन्द प्रसाद पराजुली,कोषाध्यक्षमा कमल पंगेनी, सहसचिवमा शशी सेन र सहकोषाध्यक्षमा राधिका अधिकारी निर्वाचित हुनुभएको हो । उक्त समाजको सदस्यहरुमा पिताम्बर पाण्डे,नरेन्द्र पराजुली, सुरेश उच्चै ठकुरी,भगवती परियार,खैसरा अधिकारी र कल्पना आले रहनु भएको छ ।
 

निर्वाचन संयोजक यम प्रसाद पराजुलीले तोकिएको समयमा सबै पदमा एक एक जनाको मात्र उम्मेदवारी परेकोले सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नु भएको थियो । समाजको सातौ साधारण सभा तथा तेस्रो अधिवेशनको वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले उदघाटन गर्नु भएको थियो ।
 

मेयर खाँणले जनताले महसुस गर्ने गरि काम गर्ने अभियानमा रहेको भन्दै निर्वाचनको वेला वोलेको कुरा पुरा गर्ने वताउनु भयो ।खानेपानी ,अस्पताल र अफ्ट्यारो परेको ठाउँमा मेयर देखिने वताउनु भयो । सहयोग जुटाएर शुरु गरेको एम्बुलेन्स संचालनमा समस्या भए नगरपालिका साथ दिन तयार रहेको प्रतिवद्द्ता जनाउनु भयो ।
 

११ नम्बर वडाका वडाध्यक्ष डन्डपाणी पंगेनीले एम्बुलेन्स संचालनको लागि सानो सहयोग वडाको तर्फवाटपनि गरिने जनाउनु भयो ।
 

समाजका सस्थापक अध्यक्ष घनश्याम पाण्डेयले नमुना स्वरेक स्थापनाको लागि विदेशमा रहेर भुमिका खेल्नु हुने भेषराज पराजुली ,जिवन पौडेल ,बालकृष्ण पराजुली,विष्ण् पंगेनी र इश्वर पराजुलीको योगदान महत्वपूर्ण रहेको जनाउनु भयो ।
 

स्थानीय सरकारले गर्नुपर्नेकाम समाजले गर्दे आएकोले नगरबाट समाजलाई सहयोग पुग्ने विस्वास लिएको वताउनु भयो । पाण्डेयले आफुलाई विश्वास गरेर दिएको जिम्मेवारी पुरा गरेको भन्दै नयाँ आउने समितिको साथमा आफु सधैं रहने जनाउनु भयो ।
 

कार्यक्रम पुर्ब एसएसपी यम प्रसाद पराजुली,भीरकोट ५ का जनप्रतिनिधि डम्बर अर्याल ,समाजसेवी कमल पंगेनी,यमलाल शर्मा लगायतले आआफ्नो भनाई राख्नु भएको थियो ।
 

यसै विच कोभिडको वेला जिल्लामै उत्कृष्ट सेवा दिएको भन्दै चालक ठाकुर प्रसाद पंगेनीलाई नगद सहित सम्मान पत्रले सम्मान गरिए थियो भने समाजलाई पछिल्लो समय आर्थिक सहयोग गर्ने नारायण शर्माको वुवा र पुर्वजनप्रतिनिधि मिना खाण लगायतलाई पनि सम्मान गरिएको सचिब इन्दप्रसाद पराजुलीले जानकारी दिनु भएको छ ।

 

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्