कास्की जिल्ला बक्सिङ संघमा सुमन
पाेखरा | जेठ २१, २०८०
पोखरा: कास्की जिल्ला बक्सिङ सघंको पाचौ अधिबेशनले सुमन श्रेष्ठको अध्यक्षतामा नया कार्य समिती सर्वसम्मत चयन गरेको छ ।
पोखराको लेकसाईड स्थित त्रिपुरा लाउन्ज वारमा सम्पन्न अधिवेशनले पुन श्रेष्ठलाईनै सर्वसम्मत् चयन गरेको हो र अधिवेशनले समितीको प्रथम उपाध्यक्ष राज बहादुर कोइराला, द्धितिय उपाध्यक्षमा सन्तोष कार्की , सचिवमा शिशिर थापा मगर, सहसचिवमा भक्त तामाङ र कोषध्यक्षमा सजोंग पराजुली चयन गरेको छ । यस्तै सदस्यहरुमा सुर्य थापा, अर्जुन गुरुङ, दिनेश बानिया, प्रदिप गुरुङ, बिश्व गुरुङ र महिला सदस्यमा प्रियङका गुरुङ्गलाई सर्वसम्मत् चयन भएका छन् ।
अधिवेशनको प्रमुख अतिथि नेपाल राष्ट्रिय खेलकुद परिषद वोर्ड सदस्य एवं पुर्व बक्सिङ खेलाडी राजेश गुरुङले खेलकुद क्षेत्रमा सरकार उपयुक्त बजेट नै नछुट्टाएको भन्दै सरकारसमक्ष गुनासो गरेका थिए । सरकारको वेवास्ताका वावजुद पनि उनले गण्डकी प्रदेश स्तरीय बक्सिङ टुर्नामेन्ट गर्ने घोषणा समेत गरेका छन् ।
अधिवेशनमा नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य मान बाहादुर भण्डारीले सर्वसम्मत् नयाँ नेतृत्वले बक्सिङ खेलको लागि राम्रो गर्नेमा बिस्वस्त रहेको बताए ।
कार्यक्रममा खेलकुद पत्रकार मञ्चबाट लाइफटाइम एचिभमेन्ट २०७९ प्राप्त गरेको पुर्व अन्तराष्ट्रीय खेलाडी गणेश भटराई र २०८० बाट सम्मानित पश्मिाञ्चल खेलकुद बिकास समितिका प्रशिक्षक निर्देशक बिध्या मर्सानीलाइ सम्मान गरीएको थियो । यस्तै कार्यक्रममा सन् १९६४ का ओलम्पीयन राम प्रसाद गुरुङ, १९८४ का ओलम्पीयनहरु उमेश मास्के, प्रबिन तुलाधर, मान बहादुर श्रेष्ठ, बिष्णु सिहं, राम बहादुर गिरी र डम्बर दत्त भट्ट लयागत बक्सिङ खेलाडीहरुको उपस्थिीत रहेको थियो ।
पोखरा । पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ । रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...
नागढुंगा-सिस्नेरी सुरूङमार्ग उद्घाटन भएको छ। आइतबार बिहान विशेष समारोह गरी नेपालकै पहिलो आधुनिक सुरूङमार्ग उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजद...
कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयवासीको सहयोगमा घट...

