कास्की जिल्ला बक्सिङ संघमा सुमन
पाेखरा | जेठ २१, २०८०

पोखरा: कास्की जिल्ला बक्सिङ सघंको पाचौ अधिबेशनले सुमन श्रेष्ठको अध्यक्षतामा नया कार्य समिती सर्वसम्मत चयन गरेको छ ।
पोखराको लेकसाईड स्थित त्रिपुरा लाउन्ज वारमा सम्पन्न अधिवेशनले पुन श्रेष्ठलाईनै सर्वसम्मत् चयन गरेको हो र अधिवेशनले समितीको प्रथम उपाध्यक्ष राज बहादुर कोइराला, द्धितिय उपाध्यक्षमा सन्तोष कार्की , सचिवमा शिशिर थापा मगर, सहसचिवमा भक्त तामाङ र कोषध्यक्षमा सजोंग पराजुली चयन गरेको छ । यस्तै सदस्यहरुमा सुर्य थापा, अर्जुन गुरुङ, दिनेश बानिया, प्रदिप गुरुङ, बिश्व गुरुङ र महिला सदस्यमा प्रियङका गुरुङ्गलाई सर्वसम्मत् चयन भएका छन् ।
अधिवेशनको प्रमुख अतिथि नेपाल राष्ट्रिय खेलकुद परिषद वोर्ड सदस्य एवं पुर्व बक्सिङ खेलाडी राजेश गुरुङले खेलकुद क्षेत्रमा सरकार उपयुक्त बजेट नै नछुट्टाएको भन्दै सरकारसमक्ष गुनासो गरेका थिए । सरकारको वेवास्ताका वावजुद पनि उनले गण्डकी प्रदेश स्तरीय बक्सिङ टुर्नामेन्ट गर्ने घोषणा समेत गरेका छन् ।
अधिवेशनमा नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य मान बाहादुर भण्डारीले सर्वसम्मत् नयाँ नेतृत्वले बक्सिङ खेलको लागि राम्रो गर्नेमा बिस्वस्त रहेको बताए ।
कार्यक्रममा खेलकुद पत्रकार मञ्चबाट लाइफटाइम एचिभमेन्ट २०७९ प्राप्त गरेको पुर्व अन्तराष्ट्रीय खेलाडी गणेश भटराई र २०८० बाट सम्मानित पश्मिाञ्चल खेलकुद बिकास समितिका प्रशिक्षक निर्देशक बिध्या मर्सानीलाइ सम्मान गरीएको थियो । यस्तै कार्यक्रममा सन् १९६४ का ओलम्पीयन राम प्रसाद गुरुङ, १९८४ का ओलम्पीयनहरु उमेश मास्के, प्रबिन तुलाधर, मान बहादुर श्रेष्ठ, बिष्णु सिहं, राम बहादुर गिरी र डम्बर दत्त भट्ट लयागत बक्सिङ खेलाडीहरुको उपस्थिीत रहेको थियो ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...