राष्ट्रिय सभा बैठक भाेलि दिउँसाे एक बजेसम्मका लागि स्थगित
काठमाडाैं | जेठ २१, २०८०

काठमाण्डौ: राष्ट्रिय सभाको बैठक भोलि सोमवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा राष्ट्रघाती काम भएको भन्दै नेकपा एमालेले आज आइतवारको बैठक अवरोध गरेपछि २९ मिनेटका लागि रोकिएको थियो तर अवरोध कायमै रहेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।
आजको बैठक सुरु भए लगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लङ्घन गरेको बताउनुभयो । उहाँले भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतको भू–भाग बङ्गलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउनुभयो ।
यो विषयमा जवाफ दिन राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सरकारलाई रुलिङु समेत गर्नुभएको छ ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...