राष्ट्रिय सभा बैठक भाेलि दिउँसाे एक बजेसम्मका लागि स्थगित
काठमाडाैं | जेठ २१, २०८०
काठमाण्डौ: राष्ट्रिय सभाको बैठक भोलि सोमवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा राष्ट्रघाती काम भएको भन्दै नेकपा एमालेले आज आइतवारको बैठक अवरोध गरेपछि २९ मिनेटका लागि रोकिएको थियो तर अवरोध कायमै रहेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।
आजको बैठक सुरु भए लगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लङ्घन गरेको बताउनुभयो । उहाँले भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतको भू–भाग बङ्गलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउनुभयो ।
यो विषयमा जवाफ दिन राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सरकारलाई रुलिङु समेत गर्नुभएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

