बुटवलमा बस र मोटरसाइकल ठोक्किंदा दुई युवकको मृत्यु
बुटवल | जेठ २१, २०८०
लुम्बिनी: पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका १२ तामनगरमा शनिबार भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको ज्यान गएको छ ।
बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु३९प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गुल्मी मालिका गाउँपालिका४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिएका छन्।
दुर्घटनामा परी घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए र ठक्कर दिने बसका चालकलाई प्रहीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं: निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था ...
पोखरा: लेखनाथ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्राथमिकता दिन माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घकी अध्यक्ष...
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

