चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम

पाेखरा | पुस १, २०८२

चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम

पोखरा:  अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम हुनु भएको छ ।  


ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले उत्कृष्ट चित्र कोर्दै प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो ।


त्यस्तै एक्स–आर्मी स्कुल कक्षा ८ का शिसम श्रेष्ठले दोस्रो स्थान हासिल गर्नु भयो भने हार्वर्ड एकेडेमीका कक्षा १० का तेजस सुनारले तेश्रो स्थान हासिल गर्नु भयो । 


प्रतियोगितामा बालोदय सेकेन्डरी स्कुलकी कक्षा ८ की एनी राना र वेस्ट पोइन्ट चिल्ड्रेन एकेडेमीका कक्षा ९ का प्रिन्स रानाभाटले संयुक्त रूपमा शान्त्वना स्थान हासिल गर्नु भयो । प्रतियोगिताका प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार ५ सय, तेश्रो हुनेलाई २ हजार ५ सय र शान्त्वना हुनेलाई जनही एक÷एक हजार साथमा प्रमाण—पत्र वितरण गरिएको थियो ।


बिजयी प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चित्रकार यादव चन्द्र भुर्तेल, सल्लाहकार केशवराज बराल, गोकुल सापकोटा, क्लवका महासचिव राकेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । 


प्रतियोगिताको प्रमुख निर्णायकमा विशेश्वर पराजुली, निर्णायक होग्रेथ भुर्तेल र अनुसुया बराल रहनु भएको थियो । क्लबले प्रतियोगिता मार्फत विद्यार्थीहरूको सिर्जनशीलता र कलात्मक क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो । कार्यक्रमको संचालन क्लवका सदस्य प्रकाश गुरुङले गर्नु भएको थियो ।


प्रतियोगितामा विभिन्न १३ बिद्यालयका करिब २० जना प्रतियोगिहरु सहभागि भएको क्लवले जनाएको छ । निर्णायक र बिद्यार्थीहरुले कोरेका चित्रहरु एक आपसमा साटसाट समेत गरिएको सचिव प्रवेन्द्र थापाले बताउनु भयो । उक्त प्रतियोगिताको लागि ग्रेस इन्टरनेश्नल प्रा.लि.ले नगद १० हजार सहयोग रुपैया सहयोग गर्दै आएको छ ।

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्