भारतमा रेल दुर्घटना: २ सय ३३ जनाको मृत्यु, ९ सय घाइते भएको अनुमान

नयाँ दिल्ली | जेठ २०, २०८०

भारतमा रेल दुर्घटना: २ सय ३३ जनाको मृत्यु, ९ सय घाइते भएको अनुमान

नयाँ दिल्ली:    भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३३ पुगेको छ । यस्तै ९ सय जति घाइते भएको अनुमान गरिएको बीबीसीले जनाएको छ । 


भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । चेन्नाइबाट हाउडाको लागि गइरहेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ । 


भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुग्नुभएको छ । उहाँले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ भने ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । यस्तै गम्भीर घाइते भएकाहरुलाई दुई लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई पचास हजार रुपैयाँ प्रदान गर्ने उहाँले बताउनुभएको छ ।


दुर्घटनामा घाइते भएका एक सय ३२ यात्रीको गोपालपुरको एक अस्पतालमा उपचार भइरहेको ओडिसाका मुख्य सचिव प्रदीप जेनाको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । यस्तै थप ४७ घाइतेलाई बालासोरका मेडिकल कलेजमा भर्ना गरिएको छ ।

तनहुँ:     तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने ...

थप पढ्नुहोस्

पोखरा:    पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने)खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको १ सय १ दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ ।&n...

थप पढ्नुहोस्

पोखरा:    पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पाँचौ पटक कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।    गत कात्तिक २५ गते १३ दिनका लागि थप गरिएको म्याद स...

थप पढ्नुहोस्