कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भिडले दुर्घटनाको जोखिम
कैलाली | जेठ १९, २०८०
कैलाली: कैलालीको लम्की नगरपालिकाको चिसापानीमा रहेको कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरूको भिडले दुर्घटनाको जोखिम बढेको छ ।
पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरूको भिडका कारण दुर्घटनाको जोखिम बढेको हो ।
चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्नु सकारात्मक भए पनि बीच सडकमै टिकटक बनाउनेहरूका कारण जोखिम बढेको हो । चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्ध स्थलका रूपमा लिइन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भए पनि आवश्यक सतर्कता अपनाउन नसक्दा समस्या भएको हो ।
कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढङ्गले टिकटक बनाई भाइरल बन्न चाहनेहरूको क्रियाकलापका कारण गाडी आउजाउमै समस्या पर्ने गरेको चालकहरू बताउँछन् । पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिवार पुलमा गाडी पास गर्नसमेत समस्या हुने गरी टिकटक बनाउनेहरूले भरिने बताएका छन् ।
‘गाडी छेउमा राखेर राजमार्गको बीच सडकमा नै बसेर टिकटक बनाउने र सेल्फी खिच्ने गर्छन्' , उनी बताउँछन्। शनिवार र बिदाको दिन त यहाँ धेरै भिड हुन्छ । त्यस्तोमा गाडी पास हुनसमेत समस्या हुन्छ ।
कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । २०५० सालमा जापानी कम्पनीले निर्माण गरेको यो पुलको तत्कालीन प्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको थियो । पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अड्याइएको छ । तारलाई ट्रसमा आकर्षक ढङ्गले बाँधेर राखिएको छ ।
यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन् । पुलको लम्बाइ ५ सय मिटर र १० मिटर चौडाइ रहेको छ । कर्णाली नदीमा र्याफ्टिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यासमेत बढ्दो छ ।
ढोरपाटन: सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँच...
पाल्पा: पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

