व्यवसायीको अडान: ‘ठेकेदारलाई भाडा तिर्दैनौ, हङकङ बजार छोड्दैनौ’
पाेखरा | जेठ १९, २०८०
पोखरा: पोखराको सडकलाई फुटपाथरहित बनाउने भन्दै पोखराको विभिन्न स्थानका फुटपाथ व्यवसायीहरुलाई पोखरा ९ पृथ्वीचोकस्थित कृषि सामग्री लिमिटेडको जग्गामा व्यवस्थापन गर्यो ।
महानगरपालिकाले तत्कालिन समयमा २०६९/११/१०-१५ गते पोखरा महानगरपालिका ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा जग्गामा फुटपाथ व्यवसायीहरुलाई स्थानान्तरण गरेको थियो ।
फुटपाथ व्यवसायीहरुलाई कषि समाग्रीको जग्गामा व्यवसायको लागि स्थानान्तरण गर्दा उक्त जग्गा नन्द प्रसाद तिवारीले भाडामा लिएका थिए । २०६९ सालमा पनि कृषि सामग्री लिमिटेडले सरकारी नीतिमा नै रहेर तिवारीलाई जग्गा भाडामा दिएको कृषि सामग्री लिमिटेडका पोखरा प्रमुख विष्णु पोखरेलले बताए ।
‘०६९ सालमा नन्द प्रसाद तिवारीले भाडामा लिँदा पनि सरकारी नीति अनुसार नै भाडामा लिएका हुन्, पोखरेलले भने, ‘कृषि सामग्रीले तिवारीसँगको सम्झौता सकिएपछि पुनः सरकारी नीति अनुसार टेण्डर आह्वान ग¥यौ, २२ जना मध्ये ३ जनाको प्रक्रिया अगाडि बढेको छ ।’
कृषि सामग्री लिमिटेडले चैत २१ गते न्यूनतम १२ लाख १५ हजार सिलबन्दी बोलपत्र आह्वान गरेको थियो ।
यता हङकङ बजारमा स्थापनाकालदेखि नै व्यापार गर्दै आएका व्यवसायीहरुले भने व्यवसायीहरुको हित विपरित गएर कम्पनीले टेण्डर आह्वान गरेको र ठेकेदार प्रथाको अन्त्य गर्ने भन्दै दुईमहिना यता निरन्तर आन्दोलन गर्दै आएका छन् ।
हङकङ बजारका व्यवसायी राजकुमार सुवेदीले स्थानीय सरकार, राजनीतिक दलहरु र प्रशासनले नै फुटपाथ व्यवसायीहरुलाई त्यहाँ स्थानान्तरण गरेकाले सबैले समन्वय गरेर समस्याको समाधान गर्न सर्वदलीय बैठक राख्न माग गरे ।

‘कोरोनाले केही वर्ष व्यापार राम्रोसँग हुन सकेन, अहिले आर्थिक मन्दीको असर परिरहेको छ, यस्तो समयमा भाडा बढाउनु व्यापारीको हित विपरित छ, सुवेदीले भने, ‘हिजो फुटपाथमा व्यवसाय गर्दैगर्दा महानगर, प्रशासन र राजनीतिक दलहरुको सक्रियतामा नै कृषि सामग्रीको जग्गामा व्यवस्थापन गरेको थियो ।’
उनले सबैसँग सर्वदलीय बैठक आह्वान गरेको समस्याको समाधान खोज्न स्थानीय सरकार पोखरा महानगरपालिकालाई पटकपटक अनुरोध गर्दै आएका बताए ।
कृषि सामाग्री लिमिटेड कम्पनीले ठेकेदार र बिचौलियाहरुलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान गरेको भन्दै टेण्डर प्रक्रिया खारेज गर्न माग गर्दै आएका छन् । पोखरा महानगरपालिकाका सूचना अधिकारी किरण प्रसाद तिवारीले भने अहिले व्यवसायीहरुले तिर्दै आएको भाडादर भन्दा बढी नभएको बताए ।
‘कम्पनीको नियम अनुसार नै टेण्डर आह्वान भएको छ, अहिले व्यवसायीहरुले तिर्दै आएको भाडादर भन्दा बढी नै हो, तिवारले भने, ‘व्यवसायीहरु लिखित र मौखिक रुपमा नगरप्रमुख समक्ष आउनुभएको छ, हामीले यसमा समन्वय गर्न प्रधानमन्त्री कार्यालय र कृषि सामग्रीको कार्यालयमा पत्र काटेका छौं ।’
यो विषय केन्द्रिय सरकार मातहतमा रहेकाले हङकङ बजारको समस्याको समाधान केन्द्रिय सरकारले नै गर्नुपर्ने उनले धारणा राखे । ‘यो केन्द्र सरकारको मातहतमा रहेको जग्गा हो, व्यवसायीको अवस्था हेरेर हामीले संघ सरकारलाई सिफारिस पत्र लेखेका छौं यो समस्या केन्द्र सरकारले समस्या गर्नुपर्छ ।’ उनले भने ।
टेण्डर आह्वानको विरोध गर्दै हङकङ बजार व्यवस्थापन समितिले आज (शुक्रबार) ११ बजेदेखि हङकङ बजारदेखि विरोध र्याली गर्दै पोखरा पृथ्वीचोक, सभागृह हुदै पोखरा महानगरपालिकाको कार्यालय अगाडिसम्म नाराबाजी गरेका थिए ।

म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

