बालेनको कटाक्ष– सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो
काठमाडाैं | जेठ १६, २०८०
फाइल तस्बिर
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् ।
आर्थिक वर्ष २०८०र८१ को बजेटबाट सांसद विकास कोष व्युँतिएपछि बालेनले सो टिप्पणी गरेका हुन् ।
‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आए ,’ बालेनले फेसबुकमा लेखेका छन् । उनले ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु’ भनेर प्रश्नसमेत गरेका छन् ।
अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमार्फत् सांसद विकास कोषलाई व्युँताउँदै प्रत्यक्ष निर्वाचित सांसदहरुमार्फत् हरेक निर्वाचन क्षेत्रमा ५ करोड खर्च गर्न पाउने व्यवस्था गरेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग हुने गरेको गुनासो बढेपछि अघिल्ला अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोष खारेज गरेका थिए ।
अर्थमन्त्री महतले बजेटमा सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेका छन् । एउटा आयोजनामा न्यूनतम एक करोड विनियोजन हुनेगरी कार्यक्रम छनोट गरिने मन्त्री महतको भनाइ छ ।
सुशील कोइराला प्रधानमन्त्री भएको बेला ‘पूर्वाधार विकास कोष’को अवधारणा सुरु भएको थियो । पछि त्यसको नाम फेरेर ‘सांसद विकास कोष’ र ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ भन्न थालियो । यस कार्यक्रम अन्तर्गत संघीय संसद निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँको दरले बजेट विनियोजन हुने गरेको थियो । तर यो रकम विकासको नाममा कार्यकर्तामा बाँडेर दुरुपयोग हुने गरेको भन्दै आलोचना हुँदै आएको थियो ।
त्यसैले खारेज भएको सांसद विकास कोषलाई केही सांसदहरुले पुनः व्युँताउनुपर्ने दबाब दिँदै आएका थिए ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

