केटी साथीको दाइको बिहेमा आएका थिए ‘विश्वास’
प्रहरी भन्छ- 'खोजीकार्य जारी छ'
पाेखरा | जेठ १२, २०८०
पोखरा: काठमाडौंको टोखा नगरपालिका ८ का २८ वर्षीय विश्वास अर्याल पोखराबाट बैशाख २९ गतेबाट हराएको सूचना कास्की प्रहरीकहाँ पुग्यो । तर उनी काठमाडौंबाट २८ गते नै हिडेका थिए ।
प्रहरीलाई प्राप्त सूचनापछि उनी पोखरा महानगरपालिका ८ बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा भएको विवाहमा सहभागि हुन आएको खुल्यो । विवाहमा सहभागि भएपछि आफन्त र परिवारको सम्पर्क बाहिर पुगे । उनी बेपत्ता भए ।
कास्की प्रहरीले पाएको सूचनाका आधारमा प्रहरीले खोजीकार्य तिब्र पार्याे तर अहिलेसम्म अर्यालको अवस्था अज्ञात छ ।
उनी साथीको विवाहमा आएको खबर बाहिरिएपनि कस्को विवाहमा आएका थिए भन्ने ऐकिन थिएन ।
सुनगाभा न्यूजलाई प्राप्त जानकारी अनुसार अर्याल आफ्नो केटी साथीको दाईको विवाहका लागि पोखरा आएका थिए ।
‘उनी पोखरासँग त्यती परिचित थिएनन् । पोखरा उनी २/३ पटकमात्र आएका रहेछन् । उनलाई विरौटा कहाँ भन्ने पनि थाहा रहेनछ । उनका आफन्त विरौटामा छन् । स्रोतले भन्यो, ‘उनको आफन्तले भने अनुसार खासमा उनी आफ्नो केटी साथीको दाईको विवाहमा आएका रहेछन् ।’
अर्याल बेपत्ता भएको आज दुई हप्ता भइसकेको छ । यसबारे कास्की प्रहरीसँग बुझ्दा खोजीकार्य तिब्र पारेको बताएको छ ।
प्रहरीले संभावित स्थानको सिसिटिभी फुटेज संकलन गरिरहेको छ । साथै अर्यालको केटी साथी भनिएकी युवती लगायत सम्पर्कमा रहेका व्यक्तिहरुलाई निगरानीमै राख्दै आएको छ ।
यद्यपी अर्यालयको अवस्था अज्ञात रहेको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकले बताए । ‘साथीको बिहेमा आएका अर्याल पोखरामा हराएको भन्ने उजुरीपछि पोखराको विभिन्न ठाउँमा विभिन्न कोणबाट खोजी गरिरहेका छौं,’ डिएसपी विकले भने ।
प्रहरीले संकलन गरेको सिसिटिभी फुटेजमा अर्याललाई पोखरा महानगरपालिका ३ नदिपुरस्थित (पब्जि) पुलमा केही व्यक्तिले मोवाइल लुटपाट गरेको देखिएको थियो । लुटपाटपछि सेतीमा धकले वा हाम फाले भन्ने कुरा अपुष्ट छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार अर्यालको मोवाइल लुटेको आरोपमा दुई व्यक्तिलाई नियन्त्रणमा डाँकाचोरी कसुरमा मुद्धा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ ।
अर्याल लुटिइएको भोलिपल्ट कास्की प्रहरीले सशत्र प्रहरी बलको सहायतामा सेती खोँच र आसपासमा खोजी गरेको थियो । यद्यपी अर्याल भेटिएनन् ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

