पोखरा १४ र १५ वडास्तरीय फुटबलको उपाधि नजिक

पाेखरा | जेठ १०, २०८०

पोखरा १४ र १५ वडास्तरीय फुटबलको उपाधि नजिक

पोखरा:   पोखरा महानगरपालिकाले आयोजना गरेको अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि पोखरा महानगरपालिका वडा नं। १४ र १५ भिड्ने भएका छन् । 


पोखरामा आज (बुधबार) सम्पन्न भएको सेमिफाइलनमा खेलमा पोखरा महानगरपालिका १५ ले ३० लाई र पोखरा १४ ले २७ नम्बर वडालाई पराजित गर्दै फाइलनमा स्थान पक्का गरेका हुन् । 


पहिलो सेमिफाइनल खेलमा पोखरा महानगरपालिका वडा नं. १५ ले ३० लाई २–१ गोल अन्तरले पराजित गर्दे फाइनलमा प्रवेश गरेको हो । खेलको ३८ औ मिनेटमा १५ का टिम क्याप्टेन विशाल गुरुङले गोलको खाता खोलेका थिए । मन्जित थापाले डिबक्स भित्रबाट दिएको बललाई उनले जाली चुमाएका हुन । खेलको ४१ औ मिनेटमा ३० का सागर गौतमले गोल गर्देै खेल बराबरीमा पु¥याएका थिए ।  खेलको अतिरिक्त समयमा १५ का सचिन भण्डारीले टोलीका लागि विजयी गोल गरेका थिए । 


यस्तै बुधबार नै सम्पन्न भएको दोस्रो सेमिफाइलन खेलमा पोखरा महानगरपालिका वडा नं.१४ ले २७ लाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । वडा नं. १४ का आशिष र नरेनले २–२ गोल गर्दै टोलीलाई फाइनल पु¥याएका थिए । 


पोखरा महानगरपालिका १४ का आशिष कार्कीले टोलीको लागि खेलको १७ औ मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाएका थिए । खेलको २६ औ मिनेटमा उनै कार्कीले दोस्रो गोल गरे । खेलको ३९ औ र ४२ औ मिनेटमा १४ का नरेन गुरुङले थप दुई गोल गर्दे फाइनलको यात्रा पक्का बनाए ।


पोखरा महानगरपालिकाले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका भोलि पोखरा महानगरपालिका १४ र १५ पोखरा रंगशालामा ११ बजे भिड्ने  प्रतियोगिता व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले जानकारी दिए ।
 

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्ड हुनेले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्