‘फुटबलर श्रेष्ठ’ थिंकस्मार्ट कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्टर

पाेखरा | जेठ १०, २०८०

‘फुटबलर श्रेष्ठ’ थिंकस्मार्ट कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्टर

पोखरा:   थिंकस्मार्ट इन्टरनेसनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसेसले राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठलाई ब्राण्ड एम्बेस्टर बनाएको छ ।

 

आगामी एक वर्षका लागि फुटबलर श्रेष्ठसँग थिङ्क स्मार्टल इन्टरनेसनल कन्सल्टेन्सीले एम्बेस्टरका रुपमा सहकार्य सम्झौता गरेको हो ।

 

कन्सल्टेन्सीको तर्फबाट फुटबलर श्रेष्ठसँगको सम्झौता पत्रमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङ राजुले हस्ताक्षर गरेका थिए ।

 

सम्झौतापत्र हस्तान्तरणपश्चात बोल्दै कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत गुरुङले सुमित श्रेष्ठ पोखरेलीको सान मात्र नभएर राष्ट्रकै गौरव भएको बताए । उनले फुटबलर श्रेष्ठसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै बाँकी खेलजीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए  । 

 

यस्तै ब्राण्ड एम्बेस्टर बनेका श्रेष्ठले आफ्नो तर्फबाट एिम्बेस्टरको भूमिका निभाउन कटिबद्ध रहेको धारणा व्यक्त गरेका थिए ।
 

थिंकस्मार्टको एम्बेस्टर बनेका फुटबलर श्रेष्ठले सम्झौतापत्र अनुसार ४ किस्तामा १ लाख प्राप्त गर्नेछन् ।
 

फुटबलर श्रेष्ठ नेपाली फुटबल जगतका उदीयमान खेलाडी हुन् । उनी हाल जारी शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबबाट खेलिरहेका छन् ।
 

थिंकस्मार्ट कन्सल्टेन्सीले उच्च शिक्षा हाँसिल गर्न विदेश जान चाहने विद्यार्थीहरुका लागि क्यानडा, बेलायत, अष्ट्रेलिया र न्यूजिल्याण्ड लगायतका देशमा सेवा प्रदान गर्दै आएको छ । 


 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्