म्यानचेस्टर सिटी बन्याे 'काराबाओ कप च्याम्पियन'

काठमाडाैं | चैत ९, २०८२

म्यानचेस्टर सिटी बन्याे 'काराबाओ कप च्याम्पियन'

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।

 

वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।

 

दोस्रो हाफको सुरुवाती चार मिनेटभित्रै युवा खेलाडी निको ओरेलीले दुईवटा गोल गरे। उनले दुवै गोल हेडमार्फत गरेका थिए। पहिलो गोल ६० औं मिनेटमा भयो भने, त्यसको लगत्तै उनले म्याथ्युज नुनेसको क्रसलाई सदुपयोग गर्दै दोस्रो गोल थपे।

 

आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले मुख्य गोलकिपर डेभिड रायाको सट्टा केपा आरिजाबालागालाई खेलाउने निर्णय गरेका थिए, जुन निर्णय उनीहरूका लागि महँगो सावित भयो। केपाले रायन चर्कीको एउटा सहज क्रसलाई समात्न नसक्दा ओरेलीले सिटीका लागि पहिलो गोल गर्ने मौका पाएका थिए।

 

यो जितसँगै पेप ग्वार्डिओला कपको उपाधि पाँच पटक जित्ने इतिहासकै पहिलो प्रशिक्षक बनेका छन्। सिटीले पछिल्लो समय च्याम्पियन्स लिगबाट बाहिरिनु परेको र प्रिमियर लिगमा पनि अंक गुमाउनु परेको पीडालाई यो जितले केही हदसम्म कम गरेको छ।

 

जसरी अर्टेटाले केपामाथि विश्वास गरेका थिए, ग्वार्डिओलाले पनि सिटीका लागि जेम्स ट्राफोर्डलाई मैदानमा उतारेका थिए। तर, केपाले गल्ती गर्दा ट्राफोर्डले भने सुरुवातमै तीनवटा उत्कृष्ट 'सेभ' गरेर टिमको संकट टारेका थिए।

 

पहिलो हाफ खासै उत्साहजनक नभए पनि दोस्रो हाफमा सिटीका खेलाडीहरू निकै आक्रामक देखिए। आर्सनलले खेलको अन्तिम समयमा मात्र केही प्रयास गर्‍यो, तर त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो।

 

आर्सनल सन् २०२० पछि आफ्नो पहिलो ट्रफी जित्ने सपनाबाट फेरि एक पटक टाढिएको छ।

 

यद्यपि, आर्सनल अझै पनि प्रिमियर लिगको शीर्ष स्थानमा छ र प्रिमियर लिग, च्याम्पियन्स लिग तथा एफए कप जित्ने सम्भावना कायमै छ। तर, यो हारले उनीहरूको मनोबलमा केही असर पार्न सक्ने देखिन्छ।

 

म्यानचेस्टर सिटीले भने आफू अझै पनि उस्तै शक्तिशाली रहेको प्रमाणित गरिदिएको छ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्