सञ्चारकर्मी सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्री पोखरामा प्रदर्शन, संस्कृति संरक्षणमा जोड
पाेखरा | जेठ ७, २०८०
पोखरा: सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित संस्कृति संरक्षणमा जोड दिएको डकुमेन्ट्री पोखरामा एक कार्यक्रमकाबीच प्रदर्शन गरिएको छ ।
सञ्चारकर्मी सिञ्जालीद्धारा निर्देशित कृष्णचरीत्र, ठाडोभाका, भैरवथानको यात्रा, बाजेबज्यैको पूजा, तलु र रेडियो नेपालको एक परिचय डकुमेन्ट्री चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा प्रदर्शन गरिएको हो ।
डकुमेन्ट्री प्रदर्शन कार्यक्रममा बोल्दै स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्ष खीमनारायण मानन्धरले गाउँपालिका भित्र रहेको कला संस्कृतिलाई संरक्षणमा जोड दिने बताए ।
‘कला संस्कृति हाम्रो सम्पत्ति हो, सम्पत्तिको संरक्षण गर्ने सबैको दायित्व हो, गाउँपालिकाको विकासमा संस्कृतिमा पनि महत्वपूर्ण पक्ष हो, अध्यक्ष मानन्धरले भने, ‘भाषा, कला, संस्कृतिको संरक्षणकोसँगै गाउँपालिकाको विकासमा लागि परेका छौं, अबको युवा पुस्ताले कला संस्कृतिसँगै भाषाको संरक्षणमा विशेष ध्यान पु¥याउनु आवश्यक छ ।’
उनले सबै ठाउँको भाषा, कला, संस्कृति डकुमेन्ट्रीमा मात्र नभएर सबैले संरक्षणमा गर्न आवश्यक रहेको बताए ।
यस्तै कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्रा.डा. कुशुमाकर न्यौपानेले भाषा, कला संस्कृतिमा युवा पुस्ताले विशेष ध्यान पु¥याउन आग्रह गरे ।
‘अहिले भाषा, कला, संस्कृति लोप हुँदै जान थालेको छ, आधुनिकता मिसिदै जाँदा पुर्खाहरुले बचाएर राखेको कला संस्कति भाषा लोप हुने खतरामा छ, अबको युवापुस्ताहरुले संस्कृति संरक्षणमा विशेष ध्यान पु¥याउन आवश्यक छ ।’ उनले भने ।
साहित्यकार र कलाकार सम्मानित
चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीले साहित्यकार र कलाकारहरुलाई सम्मान गरेको छ ।
मञ्चले सञ्चारकर्मी सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्री प्रदर्शनको अवसरमा कला संस्कृतिको संरक्षणमा योगदान पु¥याउने साहित्यकार, कलाकार र समाजसेवीलाई सम्मान गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ कास्कीका पूर्वअध्यक्ष कृष्णबहादुर थापामगर, लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, कवि इन्द्रबहादुर राना‘प्रतिक’, रेडियो नेपाल गण्डकी प्रदेशका प्रमुख सुरेन्द्र प्रसाद यादव, समाजसेवी महेशकुमार थापा, मगर एनआरएन डङकङका सदस्य रीवीका मगर, समाजसेवी कृष्णप्रसाद शर्मा, नेत्रबहादुर थापा, हुमाकुमारी थापा र लिलम्वर थापालाई मञ्चले सम्मान गरेको हो ।
लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने र कवि इन्द्रबहादुर राना ‘प्रतिक’लाई १० र ५ हजारसहित सम्मान गरेको हो ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

