बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु, छ घाइते

महोत्तरी | जेठ ३१, २०७९

बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु, छ घाइते


महोत्तरी  ः     महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन् । 

 

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । घाइते ढुङ्गेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सोही घटनामा परेर टेम्पो चालक बर्दिबास नपा–३ का ४५ वर्षीय ओमबहादुर लुङ्गेली, सोही ठाउँ बस्ने ४२ वर्षीय यादवकुमार ढुङ्गेल, २९ वर्षीया पवित्रा आचार्य, आठ वर्षीया करिष्मा ढुङ्गेल, सिन्धुली जिल्ला दुधौली नपा–२ का ३५ वर्षीय पुरुषोत्तम चालिसे र ३९ वर्षीया पवित्रा चालिसे  घाइते भएका छन् । उनीहरुको उपचार बर्दिबासस्थित जनसेवा अस्पतालमा भइरहेको छ ।

 

गए राति बर्दिबास नपा–३ स्थित स्मृतिपार्क नजिकैबाट पाटुतर्फ जाँदै गरेको ज १ ह ३५०१ नंको टेम्पोलाई विपरीत दिशाबाट आउँदै गरकोे नम्बर नखुलेको बोलेरो पिकअपले ठक्कर दिँदा दुर्घटना भएको थियो । 

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्