रायमाझी बिरामी भएको पत्र संघीय संसद सचिवालयमा
काठमाडाैं | बैशाख २७, २०८०
काठमाडौं: भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी संघीय संसद् सचिवालयको सम्पर्कमा आएका छन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसद् रायमाझीले स्वास्थ्यमा समस्या भएर अस्पतालमा रहेको जानकारी गराएका हुन् ।
उनका अनुसार प्रहरीको फरार सूची रहनुभएका रायमाझीले बिरामी बिदा स्वीकृति गरिदिन निवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् ।
रायमाझीविरुद्ध प्रहरीले अघिल्लो बुधबार पक्राउ पूर्जी जारी गरेको थियो। त्यसपछि रायमाझी फरार छन् । नेकपा (एमाले) सचिवसमेत रहेका रायमाझीलाई बुधबार एमालेले निलम्बन गरेको छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

