जसपको बैठकमा विधान अधिवेशन बारे छलफल हुने
काठमाडाैं | बैशाख २७, २०८०
काठमाडौं: जनता समाजवादी पार्टी “जसपा” को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा सरकारमा पठाउन बाँकी एक मन्त्री, समसामयिक राजनीतिक परिस्थिति, पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
सरकारमा हाल जसपाबाट अशोक कुमार राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री छन् । ‘सरकारमा जसपाले अझै एकजना मन्त्री र एक जना राज्यमन्त्री पाउने भन्ने कुरा हो क्यारे, कसलाई पठाउने भनेर आज छलफल हुन्छ,’ बस्नेतले भने ।
बारा क्षेत्र नम्बर २ को उपनिर्वाचन जितेर जसपा अध्यक्ष उपेन्द्र यादव सांसद बनेपछि उनी नै सरकारमा जाने चर्चा छ । सांसद पदको शपथग्रहण गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा यादवले सरकारमा को जाने भन्ने विषयमा पार्टीको बैठक बसेर छिट्टै निर्णय गर्ने बताएका थिए ।
जसपाले आगामी जेठ १, २ र ३ गते विधान अधिवेशनको मिति तोकिको छ ,तर त्यसको तयारी पूरा भइसकेको छैन । ‘विधान अधिवेशन सर्ने सम्भावना छ, किनभने तयारी नै पुगेको छैन,’ प्रचार विभाग प्रमुख बस्नेतले भने, ‘आजको बैठकमा यसबारे पनि छलफल हुन्छ ।’
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

