अन्नपूर्णको राजस्व अब घरबाटै

पाेखरा | बैशाख २६, २०८०

अन्नपूर्णको राजस्व अब घरबाटै

पोखरा :   कास्कीको अन्नपूर्ण गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत अनलाइनबाटै राजस्व भुक्तानीको सुरूवात गरेको छ । 

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनी र गाउँपालिका अध्यक्ष बिष्णुबहादुर के.सीले संयुक्त रुपमा अनलाइन सेवाको आइतबार शुभारम्भ गरे । 


अब गाउँपालिकाको करदाता पोर्टल खोलेर सेवाग्राहीले आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन् । हाल कनेक्ट आइपीएस र इसेवासँग सम्झौता गरेर राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत ई. सूर्य तिमिल्सिनाले जानकारी दिए । 

 

गाउँपालिका अध्यक्ष बिष्णुबहादुर के.सीले अब प्रविधिको युग भएकाले त्यसैअनुसार आफूहरू अगाडि बढिरहेको बताए । प्रविधिको प्रयोगले समग्र कार्यसम्पादन र सेवा प्रवाहमा सुधार ल्याउने भएकाले प्रविधिलाई आत्मसात् गरेको उनको भनाइ थियो । जनतालाई सुशासन प्रत्याभूत गराउन र पालिकालाई सकारात्मक काम गरेर नमुना बनाउने दृढता सुनाए । प्रविधिमैत्री पालिका निर्माणमा विद्युतीय सेवाले इँट्टा थप्ने काम गरेको गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले बताइन् । 

 

यसअघि नै गाउँपालिकाले क्यू–आर कोडमार्फत भुक्तानी लिएर बिल काट्न सुरु गरेको थियो । त्यसका लागि पालिकाको कार्यालय जानैपथ्र्यो । अब भने त्यो बाध्यता हटेको छ । हालसम्म यसअघि कार्यालयमै पुगेर कर तिरेका ३५ सयभन्दा बढी करदाता प्रणालीमा आबद्ध भइसकेका छन् ।  प्रणालीमा आबद्ध हुन बाँकी अन्य सेवाग्राहीले सुरुमा एकपटक गाउँपालिका अथवा वडामार्फत आफ्नो सम्पत्ति विवरण प्रविष्ट गराएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ । 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्