भुपेन्द्र हत्याकाण्डका मुख्य अभियुक्त रावलद्वारा आत्मसमर्पण

कैलाली | बैशाख २५, २०८०

भुपेन्द्र हत्याकाण्डका मुख्य अभियुक्त रावलद्वारा आत्मसमर्पण

टीकापुर:   कैलालीको टीकापुरमा भएको भुपेन्द्र बडुवाल हत्या काण्डका मुख्य अभियुक्त भनिएका नवीन रावलले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् ।

 

लम्कीचुहा नगरपालिका–३ चिसापानीका २९ वर्षीय रावलले आइतबार अदालतसमक्ष आत्मसमर्पण गरेकाे इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी उद्धवसिंह भाटले जानकारी दिए । 

 

डीएसपी भाटका अनुसार २३ कात्तिक २०७८ मा लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय बडुवालको धारिलो हतियार प्रयोग गरी टीकापुरमा हत्या भएकाे थियाे ।

 

घटनामा संलग्नता रहेको भन्दै जिल्ला अदालतमा प्रहरीले २१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

 

हालसम्म घटनामा रावलसहित १६ जना कानुनी कारबाहीको दायरामा आएका छन् भने पाँच जना अझै फरार छन् । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्