ढाकाकुमारमाथिको कारबाही रोक्न रास्वपालाई अन्तरिम आदेश
काठमाडाैं | बैशाख २५, २०८०
पोखरा: सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले आज (सोमबार) तत्काल कारबाही नगर्न भन्दै रास्वपालाई अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
डाक्टर श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निष्कासित भएका थिए ।
त्यसपश्चात आफूमाथिको भएको कारबाही न्यायोचित नरहेकाले श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले रास्वपा र अनुशासन समितिसँग श्रेष्ठमाथि कारबाही गर्नुको लिखित कारण पनि मागेको छ ।
रास्वपाको कारबाहीपछि समानुपातिक सांसद रहेका श्रेष्ठको सांसद पदसमेत रिक्त भइसकेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

