दार्चुला हिमपहिरो, उद्धारमा कठिनाइ
पाेखरा | बैशाख २०, २०८०
२० वैशाख, धनगढी । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलममा हिम पहिरोमा परेर मङ्गलवार दिउँसो २ बजेतिर यार्सागुम्बा टिप्न गएका १२ जनामध्ये सात जना सम्पर्कमा आए पनि पाँच जना भने अझै बेपत्ता छन् ।
घटनास्थलबाट तीन घण्टा टाढा रहेको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली मङ्गलवार दिउँसो नै सो क्षेत्रमा परिचालित छ । भने आज बुधवार बिहान पनि थप टोली परिचालन गरिएको सशस्त्र प्रनाउ पाण्डेले बताउनुभयो छ ।
दार्चुलाको हिम पहिरोमा हराएकामध्ये दार्चुलाको नौगाडका अन्दाजी ३५ वर्षका ललित विष्टसहितको सात जनाको समूह भने मङ्गलवार साँझ नै घटनास्थलमा गएको सुरक्षाकर्मीको टोलीमा सम्पर्कमा आएको थियो ।
बेपत्ता रहेका पाँच जनामध्ये दार्चुलाको दुहुका दुई र डोटीका बुडरका तीन जना रहेको पनि सशस्त्र प्रनाउ पाण्डेले बताउनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

