केटिएम हुइँकिएर तारजाली छेड्दै पोखरा एयरपोर्टभित्र छिरेपछि ...
पाेखरा | बैशाख १९, २०८०
तस्बिरः रेशम राना
पोखरामा एकाबिहानै मोटरसाइकल दुर्घटना भएको छ ।
काजीपोखरीबाट दक्षिणतर्फ हुइँकिरहेको मोटरसाइकल अनियन्त्रित भएपछि नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थल घेरिएको जाली छेड्दै भित्र पसेको छ ।
विमानस्थलको उत्तरी भागमा जालीपछि वर्षाको पानी कटाउने नाली रहेको छ । उक्त मोटरसाइकल सोही नालामा खसेको हो ।
मोटरसाइकल चालक र सवार दुबैलाई स्थानीयले उद्धार गरी अस्पताल पु¥याएका छन् भने पछि प्रहरीको उपस्थितिमा क्रेनद्वारा मोटरसाइकल निकालिएको छ ।
घाइतेको नाम, ठेगाना र अवस्थाबारे विवरण आउन बाँकी छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

