गण्डकीका मुख्यमन्त्रीले खाए कस्सम !  तिवारी र सिम्खडा बने मन्त्री

पाेखरा | बैशाख १५, २०८०

गण्डकीका मुख्यमन्त्रीले खाए कस्सम !  तिवारी र सिम्खडा बने मन्त्री Photo Bhupal Gurung

पोखरा:  बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीमा चयन भएका सुरेन्द्र पाण्डेले आज पद तथा गोपनियताको शपथ लिएका छन्। 

 

शपथ लगत्तै मुख्यमन्त्री पाण्डेले सरस्वती तिवारी अर्याल र सुशीला सिम्खडालाई मन्त्रीमा नियुक्त गरेका छन् । मन्त्रीमण्डल विस्तार बाँकी नै रहेकाले मन्त्रीद्वयलाई मन्त्रालय तोकिएको छैन् । 

 


नियुक्त भएका मन्त्रीमा अर्याल नेपाली कांग्रेस र सिम्खडा नेकपा माओवादी केन्द्रबाट विनाविभागीय मन्त्रीमा नियुक्त भएका हुन् ।  


नेकपा माओवादी र एकिकृत समाजवादी सहित ३५ सांसदको  समर्थनमा पाण्डे हिजो (बिहीबार) मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 


मुख्यमन्त्रीमा नियुक्त भएपश्चात पाण्डेले सातवटै मन्त्रालयलाई नै कायम गर्ने बताएका छन् । 

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्