गण्डकीका मुख्यमन्त्रीले खाए कस्सम ! तिवारी र सिम्खडा बने मन्त्री
पाेखरा | बैशाख १५, २०८०

पोखरा: बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीमा चयन भएका सुरेन्द्र पाण्डेले आज पद तथा गोपनियताको शपथ लिएका छन्।
शपथ लगत्तै मुख्यमन्त्री पाण्डेले सरस्वती तिवारी अर्याल र सुशीला सिम्खडालाई मन्त्रीमा नियुक्त गरेका छन् । मन्त्रीमण्डल विस्तार बाँकी नै रहेकाले मन्त्रीद्वयलाई मन्त्रालय तोकिएको छैन् ।
नियुक्त भएका मन्त्रीमा अर्याल नेपाली कांग्रेस र सिम्खडा नेकपा माओवादी केन्द्रबाट विनाविभागीय मन्त्रीमा नियुक्त भएका हुन् ।
नेकपा माओवादी र एकिकृत समाजवादी सहित ३५ सांसदको समर्थनमा पाण्डे हिजो (बिहीबार) मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएपश्चात पाण्डेले सातवटै मन्त्रालयलाई नै कायम गर्ने बताएका छन् ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...