मुख्यमन्त्री पाण्डेको सपथ आज, मन्त्रालय ७ वटै कायम गर्ने बचन
पाेखरा | बैशाख १५, २०८०
पोखरा: गण्डकी प्रदेशको पाँचौ मुख्यमन्त्रीको रुपमा बिहीबार नियुक्त भएका कांग्रेसका सुरेन्द्रराज पाण्डेले आज शपथ लिदैछन् ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज दिउँसो करिब साढे १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिने भएका हुन् ।
पाण्डेले सपथ लिएसँगै अन्य मन्त्रीहरुलाईसमेत नियुक्त गर्ने बताएपनि नेकपा माओवादी केन्द्रसँगको भागबण्डा मल्नि नसकेको माओवादी केन्द्रका एक सांसदले बताए । ‘उनीहरुले आज मन्त्रिपरिषद् बिस्तार गर्ने भनेपनि हामीसँग अझै सहमती जुटेको छैन,’ ति प्रदेश सांसदले भने ।
माओवादी केन्द्रले गण्डकीमा तीन मन्त्रालयको दाबी गर्दै आएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएपश्चात पाण्डेले सातवटै मन्त्रालयलाई नै कायम गर्ने बचन दिए ।
यस्तै सत्ता साझेदार माओवादी केन्द्रका संसदीय दलको नेता हरि बहादुर चुमानले पनि मन्त्रालयलाई ७ वटै कायम गर्ने प्रष्ट पारे ।
उनले मन्त्रालय बिस्तार गर्न आवश्यक नरहेको बताउदै भने, ‘मन्त्रालय सँख्या ७ वटै हुन्छ । अहिले नमिलेको मन्त्रालयहरुलाई मिलाउने काम हुन्छ ।’
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

