पर्यटनमा सम्भावना बढाउँदै सकियो प्रवद्र्धन

पाेखरा | बैशाख ९, २०८०

पर्यटनमा सम्भावना बढाउँदै सकियो प्रवद्र्धन

पोखरा:    नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख शहरहरूमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ ।

    
कोभिड १९ को प्रभाव एवम् अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भैरहेका अवस्थामा नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर लगायतका शहरहरूमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ वैशाख ३ गते हिडेको २३ सदस्यीय टोलीले प्रवद्र्धन सक्दै शुक्रबार फर्किएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो ।
    

ʿपोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बि२बी भेट २०२३ʾ नामक कार्यक्रमका क्रममा पटना, बाराणासी, अयोध्या र गोरखपुरमा त्यहाँस्थित पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारहरूसँग छलफल एवम् अन्तरक्रिया गरिएको उहाँले बताउनुभयो ।

    
“प्रवद्र्धनका क्रममा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गतिबिधि समेटिएको श्रव्यदृश्य र त्यसको बारेमा जानकारी दिने प्रबद्र्धनात्मक सामाग्री बितरण ग¥यौं”, उहाँले भन्नुभयो, “उक्त क्रममा भारतका आम सर्वसाधारणलाई पोखरा र नेपाल भ्रमण गर्न सुरक्षित र उपयुक्त रहेको भन्दै भ्रमणका लागि अनुरोध गरेका छौं ।”

    
कार्यक्रमले पोखरा सहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुगेको बताउँदै उहाँले आगामी दिनमा ती क्षेत्रबाट पर्यटककको आगमन बढ्ने आशा जगाएको बताउनुभयो ।
    

अन्तरक्रिया एवम् व्यवसायी व्यवसायी बीचको भेटघाट(बिटुबी) का क्रममा भारतीय पर्यटकले पोखरा घुम्नका लागि राम्रो गन्तव्य भएपनि त्यहाँसम्म पुग्ने बाटोका अवस्था दयनीय भएको बताए ।
    

टुरिजम एशोसिएसन अफ विहारका सचिव प्रकाश चन्द्रले हवाई सम्पर्क सुरु नभएको र बाटो निर्माणको काम भैरहँदा पोखरा जान असहज भएको बताउनुभयो ।
    

“यहाँबाट पर्यटकलाई पोखरा लैजाने कुरामा कुनै द्विविधा छैन”, उहाँले भन्नुभयो, “पोखरासँगको कनेक्टिभिटिलाई प्राथमिकता दिनु जरुरी छ ।
    

कार्यक्रमले पोखरा सहित समग्र नेपालको पर्यटनमा योगदान पुगको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । भारतीय पर्यटकका तर्फबाट उठाइएका कनेक्टिभिटि एवम् पूर्वाधार विकासका कुरामा राज्यले ध्यान दिनु जरुरी रहेको उहाँले बताउनुभयो ।

    
“नेपालका लागि भारत नै पर्यटनको प्रमुख स्रोत हो”, उहाँले भन्नुभयो, “भारतीय पर्यटकको आगमन बढाउन सकेमा त्यसले यहाँको पर्यटनमा महत्वपूर्ण टेवा पुग्दछ ।”
    

बनारसका बरिष्ठ पर्यटन व्यवसायी सन्दिप पटेलले पोखरा सबै मौषमका लागि घुम्न सकिने गन्तव्य भएको बताउँदै कनेक्टिभिटि नै यहाँको प्रमुख आवश्यकता भएकोमा जोड दिनुभयो ।
    

“पोखरा र बनारस दुबै धार्मिक रुपमा पुग्नैपर्ने गन्तव्य हुन्”, उहाँले भन्नुभयो,“यी दुबै गन्तव्यलाई साझेदारीका माध्यमबाट धार्मिक पर्यटकीय रुपमा पनि जोड्न सकिन्छ ।” पोखरा र बनारसको पर्यटकीय साझेदारी अपरिहार्य भएकोमा उहाँले जोड दिनुभयो ।

    
नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले कार्यक्रमका क्रममा पोखरा धार्मिक शाहसिक, सास्कृतिक र मनोरञ्जनका लागि पनि महत्वपूर्ण शहर हो भन्ने सन्देश प्रवाह गरिएको बताउँदै प्रवद्र्धनले यहाँको सम्भावनालाई उजागर गरेको बताउनुभयो । बिश्वमै धार्मिक महत्व बोकेको शालिग्राम पाईने क्षेत्रका रुपमा गण्डकी प्रदेशको प्रवद्र्धन गरिएको थियो ।
    

उक्त क्रममा भारतीय पर्यटकले भारत ल्याइएको देवशिलाले दबै देशबीचको सँम्बन्धलाई अझै बलियो बनाएको धारणा राखेका थिए । 
    

उत्तर प्रदेश पर्यटन विभाग, अयोध्याका उपनिर्देशक आरपि यादवले पोखरासँगको पर्यटकीय साझेदारी बढाउने कुरामा आँफूहरू सँधै तयार रहेको धारणा राख्नुभयो ।
    

कार्यक्रममा भारतबाट आउने पर्यटकहरूले सिमा क्षेत्रमा पाउने गरेका समस्याका बारेमा पनि जिज्ञाशा राखिएको थियो । गोरखपुरमा आयोजित कार्यक्रममा त्यहाँका व्यवसायीले दामोदरकुण्डको यात्रालाई सहज र व्यवस्थित बनाएमा भारतबाट अत्याधिक पर्यटक भित्रने विश्वास व्यक्त गरे । 

    
भारतीय शहरको पर्यटन प्रवद्र्धनले पोखराको पर्यटन प्रवद्र्धनमा योगदान पुगेको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताउनुभयो । पर्यटकीय साझेदारी, कनेक्टिभिटि लगायतमा भारतीय पर्यटकबाट महत्वपूर्ण सुझावहरू प्राप्त भएको र त्यसलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    
प्रवद्र्धनमा पोखराबाट छोटो दूरीमा नै बिश्वकै आठ हजार मिटर भन्दा बढि उचाईका हिम श्रृखलाहरूको अबलोकन गर्न सकिने जानकारी गराइएको कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दहालले जानकारी दिनुभयो ।  भारतीय शहरहरूमा गरिएका छुट्टाछुट्टै कार्यक्रम एवम् बिटुबी उपलब्धिमुलक बनेको उहाँले जानकारी दिनुभयो । 

लुम्बिनी:     लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पा...

थप पढ्नुहोस्

गण्डकी:    मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।  यसै त अप्राकृतिक दोहनक...

थप पढ्नुहोस्

पोखरा:   पर्वतको जलजला गाँउपालिका ७ मिलनचोककी गंगा दर्जीलाई पाठेघरको क्यान्सर भएपछि विभिन्न चरणको उपचारका लागि भरतपुर अस्पतालमा छिन् ।    आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जु...

थप पढ्नुहोस्