हिमालयन शेर्पाको आत्मघाती गोलमा थ्रीस्टार विजयी

काठमाडाैं | बैशाख ७, २०८०

हिमालयन शेर्पाको आत्मघाती गोलमा थ्रीस्टार विजयी

काठमाडौं:   शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा आत्मघाती गोल मदतमा थ्रीस्टारले ३ अंक जोडेको हो ।

 

हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्टले पेनाल्टी चुकाउँदा अंक खोस्ने अवसर गुमायो । खेलको १३औं मिनेटमा हिमालयन शेर्पाका सन्जित राईले गरेको आत्मघाती गोल गर्दा थ्रीस्टारले अग्रता लिएको थियो ।

 

थ्रीस्टारका लाकेन लिम्बुको प्रहार सन्जितको खुट्टामा लागेर गोल भएको थियो । दोस्रो हाफमा हिमालयनले बराबरी गर्ने अवसर गुमायो ।

 

४८औं मिनेटमा प्राप्त पेनाल्टीमा हिमालयन विश्वासको प्रहार पोष्ट माथिबाट बाहिर गएको थियो ।  जितपछि थ्रीस्टार १० खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ ।

 

आजै सातदोबाटो युथ क्लबले चर्च ब्वाइज युनाइटेडसँग खेल्दैछ र उक्त खेलमा जितेमा सातदोबाटो पुन: दोस्रो स्थानमा फर्कनेछ ।

 

हिमालयन शेर्पा क्लब १० खेलबाट ९ अंकसहित १३औं स्थानमै छ ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्