एसीसी प्रिमियर कपः आज ओमान र कतार तथा युएई र कुवेत खेल्दै
काठमाडाैं | बैशाख ६, २०८०
काठमाडौं: एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज कीर्तिपुर मैदान र मुलपानी मैदानमा एकरएक खेल हुँदैछ ।
समूह ‘ए’ का ओमान र कतारबीच मुलपानी मैदानमा तथा समूह ‘बी’ का युएई र कुवेतबीच कीर्तिपुरमा मैदानमा खेल हुन लागेको हो । दुवै खेल बिहान नौ बजेदेखि सुरु हुनेछ । यो प्रतियोगितामा १० देश सहभागी छन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरब, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलको विजेताले फाइनल खेल्नेछ ।
फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुनेछन् । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई तथा हङकङले सिङ्गापुरलाई हराउँदै विजयी सुरुवात गरेका छन् । एसीया कप आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।
पोखरा: इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । &nbs...
पोखरा: नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभ...
पोखरा: नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ भदौ ८ देखि १० गतेसम्म हुने भएको छ । संस्थाको २९ औं...

