बुलेट बाइकको ठक्करले चितुवा ठहरै, चालक सामान्य घाइते

पाेखरा | बैशाख ५, २०८०

बुलेट बाइकको ठक्करले चितुवा ठहरै, चालक सामान्य घाइते फोटोः सामाजिक सञ्जालबाट

पोखरा:  म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर घैयारामा बुलेट बाइकको ठक्करबाट चितुवाको मृत्यु भएको छ । 


बागलुङदेखि बेनीतर्फ आउँदै गरेको बा २ प ४०७१ नम्बरको बुलेट बाइकले बेनी नगरपालिका १ घैयारामा सडक माथिबाट एक्कासी आएको चितुवा बाइकसँग ठोक्किदा चितुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिए । 


‘आज साँझ अन्दाजी ७ः१० बजेको समयमा बागलुङदेखि बेनी तर्फ आउँदै गरेको बुलेट बाइकसँग रत्नेचौरको घैयारामा सडक माथिबाट एक्कासी आएको चितुवा  बाइकसँग ठोक्किदा चितुवाको मृत्यु भएको हो, ‘लामाले भने, बाइकको ठक्करबाट चितुवाको मृत्यु भएपनि बाइकमा सवार दुईजना सामान्य रहेका छन् ।’


बाइकको ठक्करबाट मृत्यु भएको चितुवालाई मुचुल्का उठाएर डिभिजन वन कार्यालय म्याग्दी लगिएको छ ।

मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ ।   यसअघि वैशाख १८ गतेका लागि तय गरिए...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्