वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँको तीन मतदान स्थल अति संवेदनशील

तनहुँ | बैशाख २, २०८०

वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँको तीन मतदान स्थल अति संवेदनशील सांकेतिक तस्बिर


तनहुँः    वैशाख १० गते यहाँ हुने उपनिर्वाचन तीन वटा  मतदानस्थल ‘अति संवेदनशील’ छन् । मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ । समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको छ । 


समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले ६९ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले तीन अति संवेदनशील, २४  वटा संवेदनशील ४२ वटा सामान्य रहेको जानकारी दिए। विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाइ मतदानस्थलको वर्गीकरण गरिएको उनले जानकारी दिए । 


निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइने समितिले जनाएको छ । ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइने प्रजिअ रिजालले जानकारी दिए । 


संवेदनशील स्थलमा सुरक्षालगायत अन्य हिसाबले प्रबन्ध मिलाइएको उनले जानकारी दिए । स्वच्छ, शान्तिपूर्ण, भयरहित वातावरणमा मतदाताले मत खसाल्न पाउनेगरी सुरक्षाको उचित प्रबन्ध मिलाएका छौं’ प्रअिज रिजालले भने । 


मतदान स्थललाई वर्गीकरण गर्दा भूगोल, यातायात, जिल्लागत सीमालगायतका विषयलाई आधार मानेर वर्गीकरण गरिएको समितिले जनाएको छ । मतदान स्थलमा नेपाल प्रहरी, म्यादी प्रहरी र मोबाइल टोलीमा नेपाली सेना र शसस्त्र प्रहरी परिचालन गरिएको अर्यालले जानकारी दिए ।


जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रमुख अवदेश विष्टले दुई जनपथ प्रहरी परिचालन गरिने बताए ।  जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले ६९ मतदान स्थलका १५२ मतदान केन्द्रका लागि एक जना मतदान अधिकृत त्यति नै सङ्ख्यामा सहायक मतदान अधिकृत र दुईजना सहायक कर्मचारी गरी उपनिर्वाचनमा ७६० जना कर्मचारी परिचालन गरिने भएको छ । तनहुँ –१ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि वैशाख १० गते उपनिर्वाचन हुँदैछ । 

काठमाडौं:     निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।  उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटन...

थप पढ्नुहोस्

रसुवा:  जिल्ला प्रहरी  कार्यालय रसुवाले एक युवालाई २ किलो सुनसहित पक्राउ गरेको छ ।   कालिका गाउँपालिका१ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा गोसाईकुण्ड गाउँपालिका ३ ब्रिद्धीम बस्ने ३...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीकाे सँयुक्त टाेलीले स्वरुप परिवर्तन (मोडिफाई) गरेका २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले गत १ ...

थप पढ्नुहोस्