युनाइटेड क्लबद्धारा दृष्टीविहीनहरुलाई सेतो छडी वितरण

पाेखरा | बैशाख १, २०८०

युनाइटेड क्लबद्धारा दृष्टीविहीनहरुलाई सेतो छडी वितरण

पोखरा:  युनाइटेड क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार दृष्टीबिहीनहरुलाई सेतो छडी वितरण गरिएको छ । 


वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार १२ जना दृष्टीविहीनहरुलाई सेतो छडी वितरण गरिएको हो ।

 

सो अवसरमा सेतो छडी वितरण गर्दै पोखरा महानगरपालिकाका वडा अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले पोखरामा पोखरा महोत्सवको आयोजना गरी बिकृति रहित समाज र सामाजिक काममा लागेको सबैलाई थाहै रहेको र नेपाली नयाँ वर्षको दिनमा दृष्टी क्षमता कम भएकाहरुलाई सहयोग स्वरुप सेतो छडी वितरण गरी रचनात्मक कामको सुरुवात गरेको बताउदै युनाइटेड क्लवको हरेक क्रियाकलापमा पोखरा महानगरपालिका र आफ्नो वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

 

त्यस्तै अपांगतामैत्री समाज कास्कीका अध्यक्ष शान्त बहादुर परियारले कोरोना महामारीका कारण लकडाउको समय वा अन्य अवस्थामा समेत आफ्नो संस्थालाई सहयोग गर्दै आइरहेको युनाइटेड क्लबले नेपाली नयाँवर्षको अवसरमा आफ्नो समाजमा आवद्ध दृष्टीविहीनहरुलाई सेतो छडी वितरण गरेकोमा धन्यवाद व्यक्त गरे ।  युनाइटेड क्लबले  महोत्सवको आयोजना गरी राष्ट्र«कै उत्कृष्ट क्लब सावित भएको आफ्नो संस्थाले महसुस गरेको उनको भनाइ रहेको थियो । 


युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले हरेक वर्ष वैशाख ७ गते वार्षिकोत्सव मनाउदा साताब्यापी कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र यो वर्षपनि १३ औं वार्षिकोत्सवको अवसर पारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अन्तरक्रिया, अपांगता भएकाहरुलाई सहायता सामाग्री वितरण, विभिन्न संघ संस्थालाई खाद्यान्न वितरण, रक्तदान, विद्यालयमा पुस्तकालय निर्माण लगायतका कार्यक्रमहरु गरिने बताए । कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको  भएतापनि वार्षिकोत्सव विशेषमा समेत सामाजिक कामलाई निरन्तरता दिदै आइरहेको बताए । क्लबका महासचिव दिनेश सुनारका अनुसार १३ औं वार्षिकोत्सव अन्तर्गत वैशाख ६ गते सम्म दैनिक कार्यक्रमहरु हुनेछन । 

काठमाडौं:   नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा...

थप पढ्नुहोस्

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धार...

थप पढ्नुहोस्

पोखरा:  अटो व्यवसायी तथा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाले आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्ट वा तस्कर नहुँदा पनि यहि भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आफ्नो घर र कार्यालय त...

थप पढ्नुहोस्