सहजै अमेरिका र कोरिया पठाइदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने पक्राउ

काठमाडाैं | चैत २९, २०७९

सहजै अमेरिका र कोरिया  पठाइदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि अमेरिका तथा दक्षिण कोरिया पठाइदिने भन्दै करोडौं रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ  गरेको  छ।

 

पक्राउ पर्नेमा  काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थायी घर भएका हाल बुढानिलकण्ठ बस्ने ४२ वर्षीय पवन राणा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

 

सूचना अधिकृत प्रहरी उपरीक्षक  राठोरका अनुसार पक्राउ परेका राणाले सयौं व्यक्तिलाई वैदेशिक रोजगारीका  लागि सहजै अमेरिका र दक्षिण कोरिया पठाइ दिने भन्दै पीडितबाट करोडौं रकम लिइ सम्पर्कविहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

 

उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्