नक्सापास बिनै भवन बनाउनेलाई कारबाही गर्न तोसिमाको माग
काठमाडाैं | चैत २९, २०७९
काठमाडौं : सांसद् तोसिमा कार्कीले ललितपुरको बखुण्डोल हाइटमा समीट अपार्टमेन्ट निर्माण प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् ।
बुधबार संसद्मा बोल्दै कार्कीले स्थानीयको स्वीकृत बेगर नक्सापास बिनै भवन निर्माण भइरहेकाले संसदीय समिति बनाएर छानविनको माग गरेकी हुन् । उनले भनिन्,'वरपरका घरहरूमा पूर्णरुपमा क्षति पुगेको छ। भाँसिने चर्किने क्रम जारी छ । स्थानीयले पटकपटक उजुरी दिएपनि कारबाही हुन सकेको छैन । ’
उनले अपार्टमेन्ट निर्माण प्रक्रियाको बैधानिकता खोज्नुपर्ने माग गरिन् ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

