सप्तरीका चार पालिकामा आगलागी : दुई घाइते, छ घर जलेर नष्ट

सप्तरी | चैत २९, २०७९

सप्तरीका चार पालिकामा आगलागी : दुई घाइते, छ घर जलेर नष्ट

सप्तरी: सप्तरीको चार पालिकामा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने छ घर जलेर नष्ट भएको छ ।

 

जिल्लाको कञ्चनरुप नगरपालिका, रुपनी गाउँपालिका, महादेव गाउँपालिका र शम्भुनाथ नगरपालिकामा आगलागी भएको हो । आगलागीबाट २४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

कञ्चनरुप नगरपालिका १ बैरवामा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने तीन घर जलेर नष्ट भएको छ । साथै नौ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले स्थानीय बिनय खंगको भान्सा कोठाबाट खाना पकाउने क्रममा मङ्गलबार लागेको आगो फैलिएर छिमेकी रामेश्वर खंग र धुरेन्द्र खंगको घर पनि नष्ट भएको जानकारी दिनुभयो ।

 

आगो निभाउने क्रममा ५२ वर्षीय बिनय खंग र ३५ वर्षीय गजिन्द्र सदा घाइते हुनुभएको छ । घाइतेमध्ये विनयलाई उपचारका लागि धरानस्थित बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने गजेन्द्रको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

रुपनी गाउँपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ भने १० लाख बराबरको क्षति भएको छ ।

 

यसैगरी, वडा नं. २ स्थित रामनारायण साहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा छिमेकी शिवनारायण साहको समेत घर जलेर नष्ट भएको डीएसपी सिंहले जानकारी दिनुभयो ।

 

आगलागीमा तीन वटा पशुचौपायासमेत जलेर मरेको उहाँले बताउनुभयो  । दुवै ठाउँको आगलागी नियन्त्रणका लागि शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको वारुणयन्त्र तथा प्रहरी र स्थानीयवासीको मद्दतले दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

यस्तै, महादेबा २ बस्ने जयकुमात पैकराको घरमा विद्युत सर्ट भई आगलागी हुँदा तीन तलाको फुसको घर पूर्णरुपमा नष्ट हुँदा चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

 

यसैगरी, जिल्लाको शम्भुनाथ नगरपालिकास्थित सब डिभिजन वन कार्यालयको प्राङ्गणमा राखिएको पुरानो काठहरूमा अचानक आगलागी भएको छ । सो आगलागीमा १५ वटा गुलिया काठ जलेर नष्ट हुँदा एक लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्