बलियो नेपाल कपमा स्टार क्रिकेट एकेडेमी च्याम्पियन

पाेखरा | चैत २७, २०७९

बलियो नेपाल कपमा स्टार क्रिकेट एकेडेमी च्याम्पियन

पोखरा:   बलियो नेपाल कपमा– अन्तर एकेडेमी टि –२० क्रिकेट प्रतियोगितामा स्टार क्रिकेट एकेडेमी  च्याम्पियन बनेको छ ।

 

पोखरा रङ्गशालामा आज (सोमबार) भएको फाइनल खेलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै बलियो नेपाल कप २०२३ को उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको हो ।   

 

उपाधिसँगै स्टार क्रिकेट एकेडेमीले नगद रु ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको कर्णाली एकेडेमीले नगद रु २५ हजार हात पार्याे ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै केवल ७२ रनको बनाउन सफल रह्यो । 

 

कर्णालीका बिराट भण्डारीले २७ बल खेली सर्वाधिक १५ रन बनाए । रोशनले व्यक्तिगत १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । स्टारका लागि सुमित पराजुलीले आफ्नो व्यक्तिगत ४ ओभरमा १७ रन खर्चिंदै ३ विकेट लिन सफल भए । 

 

त्यस्तै शुभम खनालले २ तथा कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १ विकेट लिए।  ७३ रनको लक्ष्य पक्ष्याउंदै जवाफी ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले उक्त लक्ष्य केबल ९.५ ओवर खेली ३ विकेट गुमाउंदै पुरा गर्यो। स्टारका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाए भने कप्तान अमर मिश्रले केबल ९ बलमा २२ रन बनाए ।

 

विशालले ८ रन र अंकितले अविजित १५ रन बनाए । स्टारका लागि बिक्रम सिंहले चौका प्रहार गर्दै खेलमा जित निकाल्न सफल रहे। बलिङ तर्फ भने कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान १–१ विकेट लिन सफल रहे ।   फाईनल खेलको प्लेयर अफ द म्याच स्टार क्रिकेट एकेडेमीका सुमित अर्याल चुनिए । 

 

यस्तै प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याटस्म्यान, विराट सिंह भण्डारी, र प्लेयर अफ द सिरिज स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र पुरस्कृत भए । 

 

विजेता तथा उपविजेता टोलीलाई सांसद सोविता भण्डारी लगायतले पुरस्कार वितरण गरेकी थिइन् ।

जापान भ्रमणमा रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपलाले आफ्नै स्याटलाइट र डेटा सेन्टर बनाउँदा जापानी प्रविधिको प्रयोग गर्ने बताउनुभएको छ ।   टोकियोमा सम्...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्थानीय स्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।   पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुद...

थप पढ्नुहोस्

फेवातालको सिमाना (तालघर) मा पिल्लरहरु गाड्न सुरु गरिएको छ ।   तिनै तहका सरकारका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि तालको सिमाङ्कन...

थप पढ्नुहोस्