पोखराकी अल्का गुरुङ बेपत्ता, सेतीमा खोज्दा विश्वबहादुरको शव फेला
पाेखरा | चैत २७, २०७९
पोखरा: पोखरा महानगरपालिका १६ बस्दै आएकी अल्का गुरुङ गत मंगलबारदेखि बेपत्ता भएकी छिन् ।
स्थानीयहरुले पोखरा महानगर १ र १६ जोड्ने केआईसिंह पुलबाट एकजना हाम फालेको जानकारी दिएपनि कास्की प्रहरीका प्रवक्ता तथा डिएपसी श्रवण कुमार विकले हालसम्म बेपत्ता ३२ वर्षीया अल्का गुरुङ फेला नपरेको बताए ।
उनका अनुसार केआइसिंह पुलबाट सेती नदीमा एक जना हाम फालेको सूचनापछि कास्की प्रहरीले तत्काल खोजी गरेको थियो ।
डिएसपी विश्वकर्माले कास्की प्रहरीसँगै सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले सँयुक्त रुपमा सेती नदीको खोँचमा बुधबार पुनः खोजी गर्दा ७३ दिनदेखि सेती नदीमा नै हराएका ४४ वर्षीय विश्वबहादुर गुरुङको शव प्रहरीले फेला पारेको जानकारी दिए ।
उनले हप्तादिनदेखि बेपत्ता रहेका अल्का गुरुङलाई महिला हराएको सूचनामा राखेर खोजी तिब्र पारेको बताए । डिएसपी विश्वकर्माका अनुसार पोखरा महानगरपालिका १९ लामाचौर घर भई पोखरा १६ जोगीमडी माइती घर बस्दै आएकी थिइन् ।
परिवारको सम्पर्कमा नरहेकी गुरुङ मानसिक बिरामीसमेत रहेकी बताइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

