पोखराकी अल्का गुरुङ बेपत्ता, सेतीमा खोज्दा विश्वबहादुरको शव फेला
पाेखरा | चैत २७, २०७९
पोखरा: पोखरा महानगरपालिका १६ बस्दै आएकी अल्का गुरुङ गत मंगलबारदेखि बेपत्ता भएकी छिन् ।
स्थानीयहरुले पोखरा महानगर १ र १६ जोड्ने केआईसिंह पुलबाट एकजना हाम फालेको जानकारी दिएपनि कास्की प्रहरीका प्रवक्ता तथा डिएपसी श्रवण कुमार विकले हालसम्म बेपत्ता ३२ वर्षीया अल्का गुरुङ फेला नपरेको बताए ।
उनका अनुसार केआइसिंह पुलबाट सेती नदीमा एक जना हाम फालेको सूचनापछि कास्की प्रहरीले तत्काल खोजी गरेको थियो ।
डिएसपी विश्वकर्माले कास्की प्रहरीसँगै सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले सँयुक्त रुपमा सेती नदीको खोँचमा बुधबार पुनः खोजी गर्दा ७३ दिनदेखि सेती नदीमा नै हराएका ४४ वर्षीय विश्वबहादुर गुरुङको शव प्रहरीले फेला पारेको जानकारी दिए ।
उनले हप्तादिनदेखि बेपत्ता रहेका अल्का गुरुङलाई महिला हराएको सूचनामा राखेर खोजी तिब्र पारेको बताए । डिएसपी विश्वकर्माका अनुसार पोखरा महानगरपालिका १९ लामाचौर घर भई पोखरा १६ जोगीमडी माइती घर बस्दै आएकी थिइन् ।
परिवारको सम्पर्कमा नरहेकी गुरुङ मानसिक बिरामीसमेत रहेकी बताइएको छ ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

