राप्रपा उम्मेदवार गुरुङ चेक बाउन्समा दोषी ठहर, ३ दिन कैद सजाय
काठमाडाैं | चैत २७, २०७९
तनहुँ: उच्च अदालत पाटनले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार शोभा गुरुङ चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ ।
आइतबार उच्च अदालत पाटनले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार दिनुभएको गुरुङलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाइएको हो ।
अदालतले गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा दोषी ठहर गर्दै १० लाख रुपियाँ भराउने तथा तीन दिन कैद सजाय सुनाएको छ । न्यायाधीशहरू ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले गुरुङलाई दोषी ठहर गर्दै जाहेरीकर्ता लक्ष्मी कुमारी लिम्बुलाई १० लाख रुपियाँ भराउने आदेश गरेको हो ।
थप ४० हजार रुपियाँ क्षतिपूर्ति कोषमा तिराउने आदेशसमेत भएको उच्च अदालतले जनाएको छ । यो फैसलाविरुद्ध गुरुङले सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउनुहुनेछ ।
कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहसचिव यज्ञ भट्टराईले कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने प्रतिक्रिया दिनुभयो ।
सहसचिव भट्टराईले भन्नुभयो, ‘‘फैसला अन्तिम भइसकेको वा त्यो मुद्दा हेर्ने अन्तिम अदालतबाट फैसला हुँदा दोषी ठहर भएको अवस्थामा तोकिएका मुद्दाका कसुरदार मात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने हुन् भट्टराईले भन्नुभयो फैसला अन्तिम नभएको अवस्थामा उम्मेदवारी बदर हुँदैन ।’’
कैद सजाय भएको फैसला भएसँगै राप्रापा तनहुँले चैत २९ गते दमौली गर्ने सभा स्थगित गरेको छ । सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल, नेताहरू रविन्द मिश्र, ज्ञानेन्द्र शाहीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो । विशेष कारणवश कार्यक्रम स्थगित गरिएको राप्रपा तनहुँले जनाएको छ ।
काठमाडौं: निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दल...
काठमाडौं: सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल...
पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ । माझठाना पोखरा सम्पर्क समाजद्धारा आज...

